त्यो अस्मरणीय रात थियो । अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ । मेरो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ । त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो । म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो । नहोस् पनि किन ? अहिलेसम्म मेरो बिहे भएको छैन । मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ ।

महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ । मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ । उदाहरणका लागि यदि तपाईँका छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो । निजी कम्पनीको जागिरको के भरोसा ? अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन । त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो । म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन । मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि । हामी चारजना साथी थियौँ र प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ । सम्भवतः त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ । गिलासमा रक्सी हाल्दै उसले भन्यो, ‘किन यति तनाव लिन्छौ ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ । दुनियाँ रङ्गीन छ ।’ म तनावमा थिएँ । तर साथीले पटक पटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ । त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो । आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो । तर एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो । उहाँको रिस उत्कर्षमा पुग्यो । बुवाले हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो । ‘तिमीलाई लाज लागेन त्यस्तो गर्दा? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो ।’ आमा र दिदी रोइरहनुभएको थियो। भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो ।

साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ। अनि परिवारसँग माफी पनि मागेँ । उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍याइरह्यौ त ? बुवाको यो प्रश्नको उत्तर मसँग थिएन । दिदी र भिनाजु पनि कराइरहनुभएको थियो । उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्या जस्तो ठूलो अपराध गरेको छु । दुई दिनसम्म बुवा मसँग बोल्नुभएन। तेस्रो दिन उहाँले भन्नुभयो, ‘एक एकल महिलासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ । पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन् ।’ ‘महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन् । तिमी पनि ३१ वर्षको भइसक्यौ । यो प्रस्तावलाई स्वीकार गरिदेऊ ।’ ‘तिमी पनि अहिले त राम्रै कमाउँछौ । गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ ।’ तर मलाई त कोही अरू नै मन परिसकेको थियो । उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ । उनी होटलमा हाउस–किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन् । पैसा थोरै कमाउँथिन् । तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन् । तर मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन् । मसँग बिहे गर्न उनले अस्वीकार गरिन् । उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो । म अधुरो अधुरो लाग्न थालेँ ।

त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस् । वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो । मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो । अतः मैले घर छाडेँ । मेरो बिहेलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना तनावमा थिए । समाज नै यस्तो छ । अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन् । यसपटक मैले सधैँका लागि घर छाड्ने निधो गरेँ । नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी । कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले मन बहलाएँ । कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए । उनलाई ममाथि विश्वास थियो । म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ । अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो । भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ । म एक स्वतन्त्र चराजस्तै भएको छु । बिहेको सपना त्यागिसकेँ । मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ । अहिले मेरो मासिक तलब ४० हजार भारु छ । न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ । बिहे भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन। तर आज म समाजको घोचपेचदेखि धेरै टाढा छु ।
बीबीसी हिन्दी
(यो भारतको गुजरातको सत्यमा आधारित एक कथा हो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah