बिर्तामोड÷ प्रेस सेन्टर नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा शाखाको नेतृत्व सर्वसम्मत चयन गराउन पहल गर्ने निर्णय गरेको छ ।
प्रेस सेन्टर झापा शाखाको सोमवार बिर्तामोडमा बसेको बैठकले फागुन ७ गते हुने महासंघ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचनमा सर्वसम्मतको प्रयास गर्ने निर्णय गरेको हो । सर्वसम्मतको प्रयास असफल भए अधिकतम संगठन बीच सहकार्य गर्ने बिकल्प सेन्टरले अघि सारेको छ ।
सेन्टरले अन्य संगठनसँग वार्ता गरि सहमति तथा उम्मेद्वार छनौट लगायतका कार्य गर्न निर्वाचन परिचालन समिति गठन गरेको हो । सेन्टरका केन्द्रीय सदस्य बिमल लामिछानेको संयोजकत्वमा तारामणि सापकोटा, एक नम्बर प्रदेश उपाध्यक्ष डण्डिराज घिमिरे, सेन्टरका जिल्ला अध्यक्ष टिकाराम उप्रेती र उपाध्यक्ष झुलन रेग्मी रहेको समिति गठन गरेको छ । बैठकले माघ १५ गते शनिवार बिर्तामोडमा सेन्टरको जिल्ला भेला आयोजना गर्ने निर्णय गरेको छ ।










