दमक/झापा दमक ४ कृष्णमन्दिरका समाजसेवी मात्रिका प्रसाद दाहालको आज केहिबेर अघि निधन भएको छ । घाटीको क्यान्सरबाट उनि पीडित रहेका थिए । दाहालले श्री कृष्ण निमाबिलाइ एककठ्ठा, वडा नं. ४ को वडा कार्यालयलाइ एक कठ्ठा र दाहाल प्रतिष्ठानलाइ १ कठ्ठा जमिन प्रदान गरेका थिए ।
४ भाइ छोरा र एक बहिनी छोरी रहेकाछन् । उनको जेठा छोरा स्व. टीकाराम रहेकाछन. । माइलाछोरा मेहन्द्र पाथिभरा स्कूल चलाउदै आएकाछन् ।
साइला दिनेश दाहाल मोवाइल ब्यवसायी संघ दमकका संस्थापक अध्यक्ष हुन् । कान्छा छोरा राजेन्द्र दाहालसंग बस्दै आएका थिए । स्व. दाहालको आजै अपरान्ह ५ बजे कन्काइधामा अन्तेष्टि गरिने पारिवारीक श्रोतले बताएको छ ।










