११ माघ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना सन्देश पठाएका छन् । सन्देशमा अध्यक्ष ओलीले सन् १९४८ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र अमेरिकाबीच लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारका मूल्यमान्यताबीच साझा अवधारणा रहँदै आएको बताएका छन् । नेपालको आर्थिक विकासमा अमेरिकाले पु¥याउँदै आएको विविध सहयोगको स्मरण गर्दै उनले आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा व्यक्त गरेका छन् । उनले आफू उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समकक्षी कोन्डोलिजा राइससँग मिलेर भुटानी शरणार्थी समस्यालगायत विविध बिषयमा गरेको सहकार्यको पनि स्मरण गरेका छन् । ट्रम्पले बाराक ओबामालाई विस्थापित गर्दै हालै राष्ट्रपतिको कार्यभार सम्हालेका छन् ।
ओलीले दिए ट्रम्पलाई बधाइ र शुभकामना
सवाल नेपालसंवाददातामंगलबार, ९ माघ २०७३

ओलीले दिए ट्रम्पलाई बधाइ र शुभकामना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



