लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो । सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ ।तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा हेर्न आउनेको सङ्ख्या सिमसार क्षेत्रमा बढेको छ । सिमसार क्षेत्रमा रहेको तालमा आठ वटाभन्दा बढी प्रजातिका झन्डै ३०० भन्दा बढी कछुवा रहेको बेतना सिमसारका सदस्य बस्नेतको भनाइ छ । कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
३०० भन्दा बढी कछुवा रहेको बेतना
सवाल नेपालसंवाददातामंगलबार, ९ माघ २०७३

३०० भन्दा बढी कछुवा रहेको बेतना
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



