दमक/नेपाल र भारतका महिलाको सहभागितामा आगामी माघ १६ गते भारतको सिलीगुडीदेखि विराटनगरसम्म प्रथम वुमन्स कार रयालीको आयोजना हुने भएको छ । लायन्स क्लब अफ सिलीगुडी ग्रेटर फेमिना र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ ए वानको आयोजनामा इण्डो–नेपाल वुमन्स कार रयालीको आयोजना हुने भएको हो ।
लायन्स क्लवमा जोन चियर पर्सन अजय अग्रवालका अनुसार दुबै देशका महिलाहरुले आ–आफ्नो कारको चालक बनेर प्रतिस्पर्धामा उत्रने जानकारी दिए । साइट फस्ट फर्म डार्कनेस टु लाइट भन्ने नारा सहित भारतको सिलीगुडीदेखि १३९ किलोमिटर दुरीमा ५० देखि ६० वटा कार प्रतिस्पर्धामा उत्रने बताईएको छ । सिलीगुडीबाट प्रस्थान गरेको कार रयालीलाइ झापाको काँकडभिट्टामा भब्य स्वागत गरिने छ ।
उर्लाबारी हुँदै रंगेलीको बाटो तय गर्नेछ । रयालीका क्रममा दमकको ओभरहेड ब्रिजबाट पुष्पवृष्टि गरिने अग्रवालले बताए । कार रयालीमा नेपालको तर्फबाट आधा दर्जनभन्दा बढि महिलाले सहभागिता जनाउने तय भएको छ । भारतका ३४ जना महिला रयालीमा सहभागि हुने पक्का भइसकेको जानकारी दिइएको छ ।
सिलगुडीको सिटी सेन्टरबाट सुरु हुने रयाली विराटनगरमा समापन हुनेछ । रयालीमा प्रथम हुने कार चालकले ५० हजार भारतीय रुपैयाँ पुरस्कार जित्नेछिन् । यसैगरी दोस्रो हुनेको भागमा २५ हजार भारु र तेस्रो हुनेको भागमा १० हजार भारु पुरस्कार राखिएको छ । लायन्स नेपालमा भित्रिएको सय बर्षको अवसर र आँखाको मातिया बिन्दुको बिषयमा जनचेतना फैल्याउने उदेश्य पनि यससंग गासिएको बताईएको छ । यसले नेपाल र भारतबीचको सम्बन्धलाई पनि बजबूद बनाउने अग्रवालले जनाए ।

र्यालीबारे जानकारी दिदै अग्रवाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah