११ माघ । चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेमाथि आज साँझ आक्रमण भएको छ । मेडिकल कलेजबाट बाहिरिने क्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताउनुभयो ।

स्ट्यामले लागेर डा न्यौपाने चडेको वा१४च ७५६४ नंको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । सिसाको टुक्राले शरीरमा लागेको भए पनि डा न्यौपाने र गाडी चालक सकुशल रहेको थापाले बताउनुभयो । मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा न्यौपानेले बताउनुभयो । दुईवटा मोटरसाइकलमा चारजना युवा आएको प्रहरीको अनुमान छ ।

घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । आक्रमणको कारण खुल्न सकेको छैन । घटनाको साँझसम्म कसैले जिम्मेवारी लिएको छैन । रासस

प्रतिक्रिया

सम्बन्धित खवर