काठमाडौं, ११ माघ । महानगरीय प्रहरी परिसर ललितपुरले सीसी क्यामेरा तोडफोड गरी चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

ललितपुरका विभिन्न स्थानमा चोरीमा संलग्न रहेका दुई जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

भारतको मोतिहारी बेलाबैजु थाना पताही घर भई हाल काठमाडौं महानगरपाकिला–३४ नयाँ बानेश्वर सुकुम्बासी टोलमा बस्ने २२ वर्षीयको अशोक गिरी र रामेछाप खिम्ती–५ घर भई हाल काठमाडौं–९ सिनामंगलमा बस्दै आएका २३ वर्षीय टंकबहादुर तामाङ्ग पक्राउ परेका छन् ।

उनीहरु ललितपुरका विभिन्न स्थानहरूमा मुखमा मास्क लगाई घरभित्र प्रवेश गरेर सि।सि क्यामराहरू फोड्दै सुन चाँदीका गरगहना, नगद, मोबाईल र ल्यापटप समेतका धनमाल चोरीमा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर