काठमाडौं : बुद्धनगरमा रहेको एपी वान एचडी टेलिभिजनको स्टुडियोभित्रको हल। नेपाल आइडल सिजन–२ अन्तर्गत २०औं एपिसोड चलिरहेको थियो। उत्कृष्ट १० बीच कडा प्रतिस्पर्धा छ। प्रतियोगीले बिहीबार दिएको प्रस्तुतिका आधारमा शुक्रबार एलिमिनेसन राउन्ड चलिरहेको थियो। यत्तिकैमा एकजनाले नेपाल आइडलको मञ्च छोडेर जानुपर्ने क्षण आयो।

एकाएक माहोल सुनसान भयो। प्रतिस्पर्धी सबैले शुक्रबारको आफ्नो प्रस्तुति सकेपछि उद्घोषकले जब मञ्चबाट बाहिरिने व्यक्तिको नाम लिए, त्यसपछि सुरु भयो बिदाइ कार्यक्रम। बाहिरिँदै थिए, चितवनका मीनराज पौडेल। उनका सबै साथी भक्कानिँदै थिए अनि मीनराजलाई अँगालो हालेर आत्मीयता दर्शाइरहेका थिए। मीनराज भने आँखाबाट खस्न लागेको आँसु लुकाउँदै मुस्कुराउने कोसिस गरिरहेका थिए। सबै भावविह्वल थिए। जजहरू पनि निःशब्द थिए। मीनराजलाई सम्झाउन कसैले शब्द निकाल्न सकिरहेका थिएनन्। मेगा अडिसनमा पहिलोपटक गोल्डेन माइक जितेर उनी सीधै टप १२ मा सहभागी भएका थिए।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन–२ गत साउन २४ देखि सुरु गरिएको हो। नेपाल आइडलका च्यानल हेड लक्ष्मीप्रसाद पौडेल हुन् भने प्रोजेक्ट हेड सुरेश पौडेल छन्। कार्यक्रम निर्देशकहरू सुरेश पौडेल, लोकेश वज्राचार्य र एलन श्रेष्ठ छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah