मेष राशि
२८ र २९ गते मित्रजनबाट सुख सहयोग प्राप्त होला । हाँस खेल तथा मनोरञ्जन गर्ने मौका मिल्ला । मनमा हर्ष बढ्ला । भोजन तथा शयनमा सुख प्राप्त होला । स्वास्थ्यलाभ होला । मानसम्मान बढेर जाला । ३०, ३१ र कार्तिक १ गते धन आम्दानी राम्रो होला । नाताकुटुम्बले साथसहयोग देलान् । पठनपाठनमा विशेष रुचि बढ्ला । गरेका काम सफल होला । २ र ३ गते मानसम्मान बढ्लान् । गरेका काम सफल होलान् । बन्धुको साथले काम गर्दा सफल भइएला । मित्रजनबाट सुख प्राप्त होला ।
वृष राशि
२८ र २९ गते अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । दौडधुप गरेपनि काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला । ३०, ३१ र कार्तिक १ गते अन्न तथा वस्त्र लाभ होला । मन उत्साहित रहला । भोजन तथा चयनमा सुख्ख मिल्ला । मित्रजनको सुख र सहयोगले नसोचेका काम सफल होलान् । २ र ३ गते वस्त्र अलंकार लाभ होला । कुटुम्बजनबाट सुख सहयोग मिल्ला । पठनपाठनमा रुचि बढेर जाला सुख वृद्धि होला । शुभ समाचार प्राप्त होला ।
मिथुन राशि
२८ र २९ गते अथितिको सेवा गर्ने मौका मिल्ला । धनु वस्त्र अलङ्कार आदि प्राप्त होला । स्वादिष्ट भोजन प्राप्त होला । व्यापार व्यवसाय सफल होला । काम गर्ने जोश जाँगर बढ्ला । ३०, ३१ र कार्तिक १ गते धन हानि होला । मनसिक चिन्ताले सताउला शारीरिक थकान तथा समस्यासंग जुध्नुपर्ला । आफन्तसँग विवाद होला । समय शुभ नरहला । २ र ३ गते भाग्यले साथ देला कुनै नयाँ काम गर्ने अवसर मिल्ला । बौद्धिक क्षेत्रमा सफलता मिल्ला । स्वास्थ्यमा सुधार आउला । सुख तथा आनन्द प्राप्त होला । विशिष्ट व्यक्ति सकार गर्ने वातावरण मिल्ला ।
कर्कट राशि
२८ र २९ गते ठूला व्यक्तिहरूको साथ सहयोग होला । मानसम्मानमा वृद्धि होला । आँटेका काम सफल होलान् । स्वास्थ्य राम्रो हुँदै जाला । ३०, ३१ र कार्तिक १ गते अतिथिको सेवा गर्ने मौका मिल्ला धनलाभ होला । मिष्ठान्न भोजन प्राप्त होला । मन हर्षित र प्रसन्न रहला । परिश्रमले पनि विशिष्ट काम बन्ला । २ र ३ गते काममा भने केही बाधा होला । धन अनावश्यक क्षेत्रमा खर्च होला । वादविवादले समस्या निम्त्याउला । काम गरेका ठाउँमा घाटा लाग्ला । मानसिक चिन्ताले सताउला ।
सिंह राशि
२८ र २९ गते राज्यपक्षबाट सुख मिल्ला । सहयोगीहरूले साथ देलान् । प्रिय व्यक्तिसँग भेट होला । यात्रा रहला । व्यवसायिक क्षेत्रबाट सफलता मिल्ला । शुभदिन रहला । ३०, ३१ र कार्तिक १ गते विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मन प्रसन्न रहला पूरा होला । क्षेत्रबाट सफलता प्राप्त होला । मन प्रसन्न रहला । २ र ३ गते अतिथिको सेवा गर्ने मौका मिल्ला । मनोरञ्जनात्मक वस्तुको लाभ होला । पारिवारिक मिलन होला । स्वादिष्ट भोजन प्राप्त होला । द्रव्य लाभ होला । लाभदायी समय रहला ।

कन्या राशि
२८ र २९ गते नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालवस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला । ३०, ३१ र कार्तिक १ गते राज्य पक्षबाट सुख सहयोग मिल्ला । धन वस्त्र आदि वस्तुहरु लाभ होलान् । धर्मकर्ममा रुचि रहला । मनमा एक किसिमको उत्साह रहला । २ र ३ गते विशिष्ट व्यक्तिबाट दुःख र सहयोग प्राप्त होला । कार्यसिद्धि होला । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । मनमा शान्ति र उत्साह रहला ।

तुला राशि
२८ र २९ गते साथीभाइबाट दुःख र सहयोग प्राप्त रहला । महत्वपूर्ण यात्रा होला । व्यापार व्यवसाय सफल रहला । मानसम्मान बढेर जाला । ३०, ३१ र कार्तिक १ गते शरीरमा तथा आलस्यता उत्पन्न होला । शत्रुहरुले बाधा गर्लान् । पेटका समस्याले सताउला । अस्वस्त रहनाले काममा बाधा पर्ला । २ र ३ गते राज्यपक्षबाट सुख प्राप्त होला । आफूभन्दा साना तहका व्यक्तिबाट सहयोग मिल्ला । मानसम्मानमा वृद्धि रहला । देश विदेशको यात्रा गर्ने अवसर मिल्ला । मनमा उत्साह बढ्ला ।

बृश्चिक राशि
२८ र २९ गते शत्रुहरुहरु निष्कृय होलान् । स्वास्थ्यबाट लाभ होला । उद्योग व्यापार र व्यवसायबाट सफलता प्राप्त होला । धन आम्दानीका नयाँबाट भेटिएलान् । गएको धन फिर्ता होलान् । मित्रजनबाट दुख सहयोग मिल्ला । मन हर्षित रहला । ३०, ३१ र कार्तिक १ गते व्यापार व्यवसाय सफल होलान् । यात्रामा सुख तथा लाभ मिल्ला ।मानसम्मानमा वृद्धि होलान् । आँटेका काम सफल होलान् । २ र ३ गते स्वास्थ्यमा बाधा पर्ला धननाश होलान् । शत्रुहरुले काममा अवरोध गर्लान् यात्रा कष्टपूर्ण रहला । मन अशान्त रहला ।

धनु राशि
२८ र २९ गते काम कार्यमा सफलता मिल्न आफन्त तथा नातेदारबाट सुख मिल्ला । सम्मान प्राप्त होला । पठनपाठनमा रुचि बढ्ला मन हर्षित होला । ३०, ३१ र कार्तिक १ गते विपक्षीहरु निष्क्रिय रहला । सम्पत्ति प्राप्त होला । स्वास्थ्यमा सुधार आउला । उद्योग व्यावसाय तथा व्यापारका क्षेत्रबाट सफलता प्राप्त होला । मन हर्षित होला । २ र ३ गते विपक्षीबाट पनि सहयोग प्राप्त होला । विलासिताका वस्तुबाट सुख प्राप्त होला । सुखद यात्रा होला । मिष्ठान्न भोजन प्राप्त होला । समयअनुकूल रहला ।

मकर राशि
२८ र २९ गते शारीरिक समस्या केही बढ्ला । बाँदविवादकाबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिहरूको फन्दामा परिएला । ३० र ३१ गते पढाइ लेखाइमा रुची होला । पारिवारिक सुख सहयोग प्राप्त होला । भाग्यले साथ देला । गरेका काम सफल होलान् । समयले साथ देला । कार्तिक १, २ र ३ गते विरोधीहरु कमजोर होलान् । आर्थिक लाभ होला । उद्योगधन्दाबाट सफलता होला । स्वास्थ्यसम्बन्धी समस्या हटेर जाला । मन हर्षित रहला ।

कुम्भ राशि
२८ र २९ गते उद्योग व्यावसाय सफल रहला । आम्दानी प्रशस्त होला । आफन्तजनले सहयोग गरिदेलान् । मन हर्षित रहला । ३०, ३१ र कार्तिक १ गते विरोधीहरु निष्क्रिय रहलान् । धनलाभ होला । नयाँ काम गर्ने अवसर प्राप्त होला । आएका समस्या समाधान होलान् मानसम्मान प्राप्त होला । २ र ३ गते विपरीतलिङ्गीहरुबाट सुख सहयोग मिल्ला । व्यापार व्यवसाय सफल होला । सवारीसाधनबाट सुख मिल्ला धनलाभ होला । गरेका काम सफल होलान् ।

मीन राशि
२८ गते कुटुम्बजनको सुख सहयोग प्राप्त होला । धनमाल वस्तुहरु प्राप्त होला । आर्थिक वृद्धि होला । शुभ समाचार प्राप्त होला । २९, ३० र ३१ गते व्यापारव्यवसायबाट मनग्य आम्दानी होला । धन वस्त्र आदि लाभ होला । लक्ष्मीको कृपाले आर्थिक लाभ होला । नसोचेका क्षेत्रमा सफलता प्राप्त होला । कार्तिक १ र २ गते घरायसी समस्या बढी जटिल होलान् । रोगको सम्भावना बढेर जाला । खानेकुराबाट बढी समस्या आउला । मानसिक चिन्ताले सताउला । आफन्तीको व्यक्तिले धोका देलान् । ३ गते गरेका काम प्रायः जसो सफल होलान् । धन वस्त्रादि प्राप्त होला । पठनपाठनका क्षेत्रमा रुचि बढ्ला । परिवारको सुख प्राप्त होला । मनमा हर्ष बढेर जाला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah