धान सुपरजोन परियोजना, झापामा आएर केही innovative agriculture technologies र नयाँ विषय वस्तुहरु सिक्न तथा अभ्यास गर्न पाइयो ।
धान खेती बाध्यता र कम अाकर्षण बन्दै गरेकाे अबस्थामा विलकुलै नयाँ महत्वपूर्ण महत्वकांक्षि परियाेजना कार्यालय स्थापना तथा सँचालन साथै करारमा विषय विशेषज्ञ, कर्मचारीहरु व्यवस्थापन अनि विल्कुलै नयाँ साेच, लक्ष्य, अवधारणा, सँचालन प्रकृया, माेडालिटी र हाल सम्म गरिअाईएका भन्दा पृथक प्रकृतिका कार्यक्रमहरु साैर्य सिंचाई जडान, कम लागत प्रविधि अन्तरगत मेशिनरी प्रयाेग र सँचालन गरि धान खेती ( सिड ड्रिल, ट्रान्सप्लाण्टर, ड्रम सिडर, छरुवा विधि) र सँचालक समिति गठन र सराेकारवाला निकायहरुकाे कार्यमुलक समन्वय मार्फत कार्यक्रम सँचालन, कस्टम हायरिङ सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, जैविक विषादि प्रयाेगशाला स्थापना सँचालन, वाेराेधान खेती प्रविधि र क्षेत्र विस्तार, खैराे मल प्रविधिवाट धान उत्पादन , वातावरण मैत्री राेग किरा व्यवस्थापन, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण, प्राविधिक शिक्षालय सहयाेग र ईन्टर्न विद्यार्थी परिचालन, कृषि उद्योग प्रवर्द्धन सहयाेग जस्ता चुनौतीपूर्ण कार्यक्रमहरु कार्यान्वयन गर्दा धेरै कुराहरु सिक्ने अवसर प्राप्त भयाे ।
याे महत्वपूर्ण अवसर प्रदान गर्नु हुने सवैमा धन्यवाद टक्र्याउँदछु । यस अवधिमा प्रभावकारी रुपमा प्रविधि परिक्षण, प्रयाेग, विस्तार र सेवा प्रवाहमा अनवरत रुपमा सहयाेग पुर्याउने परियाेजनाका सबै सहकर्मी कर्मचारी साथिहरु, विज्ञ, साबिक कृषि विकास कार्यालय, झापाका कर्मचारी साथिहरु, सुपरजोन संचालक समितीका सबै पदाधिकारीहरु, १०५ वटा समुह / सहकारिमा आवद्ध सम्पूर्ण सम्पूर्ण कृषक दाजुभाई तथा दिदी बहिनीहरु, निजि सेवा प्रदायकहरुका साथै परियाेजनाका हरेक गतिविधि तथा कृयाकलापहरु सम्बन्धित निकायहरु र जनस्तर सम्म पुर्याउन सार्थक भुमिका खेल्नुहुने संचारकर्मी मित्रहरुमा हार्दिक अाभार तथा धन्यवाद व्यक्त गर्न चाहान्छु ।
विशेष गरि जिल्लाका माननीय ज्युहरु, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी ज्युहरु, साविक जिविस परिवार, रा धान वाली अ कार्यक्रम, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र, सिंचाई, वन, उद्योग , भु संरक्षण कार्यालयका प्रमुख ज्युहरु तथा साथीहरू, स्थानिय जनप्रतिनिधि हरु, सिमिट नेपाल , ईरी नेपाल, धान खेतीमा बिशेषज्ञता र दखल राख्नु भएका अग्रज सरहरु, अवलाेकनमा अाउनु भएका बिशिस्ट र महत्त्वपूर्ण महानुभावहरुकाे मार्गनिर्देशन, सर सहयोग, सुझाव र हाैसलावाट हामीहरुलाई कार्य सम्पादनमा महत्त्वपूर्ण सहयाेग मिल्याे त्यसकाे लागि हार्दिक कृतज्ञता सहित अाभार व्यक्त गर्दछु ।
वडा दशैँ २०७५ को शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना सहित । सबैको जय होस।
मेघनाथ तिम्सिना
बरिष्ठ कृषि बिकास अधिकृत



