कचनकवल /कचनकवल लाई विश्वसामु चिनाउने र नेपाली कला सँस्कृतीलाई जनजनमा पुर्याउने उदेश्यका साथ २०७१ सालबाट निरन्तर रुपमा राष्ट्रिय तथा स्थानीय विभिन्न कार्यक्रम गर्दै अाएको बनियानी युवा परिवारले यसबर्ष कलाकारहरुलाइ सम्मान गर्दैछ ।

नेपालकै चर्चित गायक प्रमोद खरेल, हिमाल सागरको अाफ्नै घरगाउँमा भोलि ३० गते बृहत् साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रममा को तयारी भब्य रुपमा भएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन दशक देखि अविरल साँगितिक अाकाशका रुपमा चिरपरिचित गायक यम बराल,चर्चित गायक शिव परियार ,  नायक तथा गायक श्रीदेव भट्टराई ,गायक बलराम राजवँशी , सिमान्त सन्तोष , सबिन लिम्बू तथा स्थानीय कलाकारहरुलाई सम्मान कार्यक्रम रहेको आयोजकको भनाइ छ ।

नेपालको होचो ठाउँ कचनकवल लाई राष्ट्रिय पर्वको अवसर पारेर विश्वसामु पुर्याउदै बाह्य तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन विकासमा कोशेढुङ्गा सावित गराउने उदेश्य रहेको क्लबका अध्यक्ष हरि बस्नेत ( चट्याङ ) ले बताउनु भयो । कार्यक्रम बिहान १० बजे बाट दिउसो ५ बजेसम्म लक्ष्मी मावि को प्राङगणमा सम्पन्न हुनेछ  ।