, १३ माघ । राष्ट्रिय युवापरिषद्ले मुलुकभरका दुई सय ७५ युवा उद्यमीलाई व्यवसाय सञ्चालन गर्न बिनाधितो निःशुल्क पाँच लाख रुपैयाँ दिने भएको छ । युवा वर्गलाई उद्यमशीलतामा आकर्षित गराउने उद्देश्यले यस्तो परियोजना ल्याइएको परिषद्ले जनाएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार उद्यम गर्न चाहने युवाको समूहले प्स गरेको प्रस्तावका आधारमा उक्त रकम दिइनेछ । परिषद्ले यस परियोजनालाई ‘एक वडा १० युवा’ अभियान नाम दिएको छ । परियोजनाका अनुसार रकम लिन चाहनेले हरेक वडाबाट १० जनाको समूह बनाएर आफूले सञ्चालन गर्न खोजेको व्यवसाय र व्यवसाय सफल हुने आधारसहितको प्रसताव पेस गुर्नपर्नेछ । यसरी आएको प्रस्तावलाई छनोट गरेर एक निर्वाचन क्षेत्रमा न्यूनतम एक समूहलाई यस्तो रकम दिइने ढुंगेलले बताए । मुलुकभर हाल कायम रहेको दुई सय ७५ वटा निर्वाचन क्षेत्रलाई आधार मानेर रकम दिन लागिएको हो । व्यवसाय सञ्चालन गर्न चाहने १० जनाको समूहमा ५०प्रतिशत महिला हुनुपर्छ । समूहका हरेक सदस्य ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । व्यवसाय सञ्चालनका लागि दिइने रकमका लागि धितो राख्नु पर्दैन । उत्त रकम निःशुल्क हो । तर, यो रकम उद्यमीले पाँच वर्षभित्र परिषदलाई फिर्ता गरिसक्नु पर्नेछ । अन्नपूर्णपाेष्ट दैनिकमा खबर छ ।
२७५ युवा समूहलाई बिनाधितो पाँच लाख
सवाल नेपालसंवाददाताबिहीबार, ११ माघ २०७३

२७५ युवा समूहलाई बिनाधितो पाँच लाख
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



