काठमाडौं — फेसबूकका मालिक मार्क जुकरबर्गका बारेमा उनकी छोरी के सोच्छिन् ?

फोर्ब्स लिस्टमा १३औं सबभन्दा शक्तिशाली व्यक्ति आँकिएका जुकरबर्गको सम्पत्ति सन् २०१८ को जुलाईमा ६७.१ अर्ब डलर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर जुकरबर्गकी छोरी आफ्ना बुवा बूकस्टोरमा काम गर्छन् भन्ने ठान्दी रहिछन् ।

जुकरबर्गले फेसबूकमा लेखे, ‘मलाई आज पो थाहा भयो, म बूकस्टोरमा काम गर्छु भन्ने सोच्छिन् मेरी छोरी ।’

जुकरबर्गका एक फलोअरले छोरीलाई बूकस्टोरका बारेमा कसरी थाहा भयो भनी सोध्दा उनले छोरीलाई लिएर दिनदिनै बूकस्टोर र लाइब्रेरी जाने गरेको बताए ।

जुकरबर्ग दुई छोरीका पिता हुन् । ठूली छोरीको नाम म्याक्स हो भने सानीको नाम अगस्ट हो । ठूली छोरी जन्मिँदा उनले संसारलाई झन् राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘संसारमा सुधारका लागि र आगामी पुस्तालाई राम्रो वातावरण दिनका लागि हामी फेसबूकको ९९ प्रतिशत शेयर दिनेछौं ।’

एजेन्सी