दमक÷झापाको दमक स्थित दमक बहुमुखि क्याम्पसमा स्वबियू निर्वाचनले बिद्यार्थीहरुमा उत्साह जगाएको छ भने उम्मेदवारहरु बिद्यार्थीहरुसंग भोट माग्न ब्यस्त हुन थालेकाछन् । सरकारले स्थानीय निकायको निर्वाचन घोषणा तयारी गरेको बताइरहेको अवस्थामा यसलाई राजनीतिक दलहरुले आफ्नो बर्चश्व मापनको आधार पनि बनाउने भएकाले महत्वका साथ हेरिएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा पनि स्वबियू निर्वाचनको तयारी तिब्र भएको छ । यसैक्रममा एमाले निकट अनेरास्वियुले दमक वहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनमा सभापति र सचिव पदमा उम्मेद्धवार घोषणा गरेपछि अन्य संगठनहरु पनि जोडघटाउनमा जुटेकाछन् ।
अनेरास्यबियूले सभापतीको उम्मेद्धवारमा सन्तोष दुलाललाइ अघि सारेको छ । उनि नेकपा एमाले दमक नगर कमिटिको नगर विद्यार्थी इन्चार्ज हुन । सचिवमा रोशन भण्डारीलाइ अघि सारिएको छ । उनि अनेरास्वियु जिल्ला कमिटिका कोषाध्यक्ष रहेकाछन् । यसैबीच अनेरास्वियु दमक वहुमुखी क्याम्पसको २३ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा सविन आचार्य, उपाध्यक्षमा गङ्गा प्रसाई, सचिवमा तनुजा दुलाल, सह–सचिवमा योगेन्द्र चिमरिया, अस्मिता राई, शुसिला सिग्देल कोषाध्यक्षमा एलिस बस्नेत छन ।
त्यस्तै सदस्यहरुमा नेत्रप्रसाद भण्डारी, रोशन पौडेल, मुना दाहाल, जेनिसा बस्नेत, दिपिका बुढाथोकी, अपेक्षा गौतम, नमुना पोख्रेल, श्वेता राई, रमेश आचार्य, शान्ती कुमार चौहान, युनिशा पौडेल, दुर्गा बराल, निलम सिटौला, खगेन्द्र निरौला, सन्देश पौडेल, प्रदिप बस्नेत, महेश भट्टराई, हरि मगर, सरु थापा, सुबोध ओझा, अनिल सुवेदी र बिना शाह रहेका छन ।



