आज नेपालीहरुको महान पर्व विजयादशमी। नौ दिनसम्म घरघरमा राखेका जमरालाई विधिवत् रुपमा पूजा गरी बाहिर निकालेपछि ठूलाको हातबाट सानाको माथमा लगाईदिने यस दिन हरेक शुभ कार्यका लागि मंगलमय मानिन्छ। आजको दिन ठूलावडाबाट आशीर्वाद लिने क्रममा अनेकानेक आशीर्वादहरुको प्रयोग गर्ने गरिन्छ।

जमाना अनुसार अघिबढ्दै जाँदा ठूलावडाबाट सन्तानले डाँडाकाँडा ढाकून् जस्ता आशीर्वादहरु हिजोआज विस्थापन हुँदै गएका छन् भने संस्कृत अध्ययन नगरेकाहरुले पनि शुद्ध रुपमा संस्कृत श्लोकहरु नै प्रयोग गरेर आलंकारिक रुपमा आशीर्वाद दिने गरेको पाईन्छ।

यसरी संस्कृत अध्ययन नगरेकाहरुले दिईने आशीर्वाद अर्थ धेरैलाई जनकारी नहुँदा धेरैले अशुद्ध समेत उच्चाहरण गर्नसक्ने विषयलाई केन्द्रीत गर्दै हामीले तल दशैंमा सर्वव्यापी रुपमा प्रयोग हुने आशीर्वादको श्लोक र अर्थ प्रस्तुत गरेका छौं ।

श्लोक

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नउषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्य शान्तनवे बलं च हलघरे सत्यं च कुन्तीसुते।
विज्ञाने विदुरे भबन्त्तु भवतं कीर्तिश्च नारायणे।।

अर्थ

आयु द्रोण सुते : द्रोण पुत्र अस्वत्थामाको जस्तो दीर्घ आयु होस्।
श्रेयं दशरथे : दशरथ राजको जस्तो मान सम्मान फैलिर्इ रहोस्।
ऐश्वर्यं नहुशे : नहुश राजाको जस्तो ऐश्वर्य बनिरहोस्।
गतिश्च पवने : हावाको जस्तो तीब्र गति होस्।
मानश्च दूर्योधने : दुर्योधनको जस्तो मान प्रतिष्ठा होस्।
शौर्य शान्त नभे : आकाश जस्तो शान्त र पराक्रमी होस्।
बलं च हलदरे : बलरामको जस्तो बल होस्।
सत्यं च कुन्ती सुते : कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्।
विज्ञाने विदुरे : विदुरको जस्तो विज्ञान होस्।
कृतिश्च नारायणे : नारायणको जस्तो कृत्ति होस्।

श्लोक

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे।
वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्।।

अर्थ

पद्माक्षी : (लक्ष्मी) विष्णुकान्ता (लक्ष्मी) घरबीच सजिऊन् सबै भरत वंशीयहरुको माझमा
मौलाऊन बन्धुवर्गहरु सबै शत्रुहरु घोर पातालमा पुगुन्

श्लोक

देशे देशे च कीर्तिः प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा।
जीव त्वं पुत्त्रपौत्त्रै स्सकलसुखयुतै र्हायनानां शतैश्च।।

अर्थ
तिम्रा सत्कीर्ति (असल कीर्ति) राम्रा जग-मग फिँजिऊन् सुदिव्य देश-प्रदेशमा
छोरा-छोरी बिचैमा रहनु र सुखले बाँचनू शताब्दी

श्लोक
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते।।

अर्थ

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमीलाई नमस्कार छ

श्लोक
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्येत्र्यम्बके गौरि नारायणी नमोकस्तुते।।

अर्थ
सब मङ्गलमा माङ्गल्यरुप, कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी ! तिमीलाई नमस्कार छ।

श्लोक
भद्रमस्ति शिवं चास्तु महालक्ष्मी प्रसीदतु।
रक्षतु त्वां सदा देवा आशिषस् सन्तु सर्वदा।।

अर्थ

कल्याण होस्, महालक्ष्मी प्रसन्न हुनुहोस्, देवताहरुले सधै रक्षा गरिरहुन्, सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस्

श्लोक
जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी।
जय सर्वगते देवी कालरात्री नमोकस्तुते।।

अर्थ

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुस्ख हरण गर्ने जगदम्बे ! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी ! तिम्रो जय होस्। हे कालरात्री तिमीलाई नमस्कार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah