बिष्णुप्रसाद पोखरेल
दमक ÷बिदेशमा साह्ै राम्रो कमाई थियो त्यो बेलापनि । नेपालको झण्डै ५ लाख रुपिया मासिक कमाई थियो तर त्यहाँ कुनै सम्मान थिएन । नेपालमा नै केहि गर्न सकिन्छ भन्ने सोचाईले पिरोलिदै करिब ७ बर्ष साउथ अफ्रिकाको बिभिन्न देशमा काम गर्नु भएका झापा दमक १५ का सुदिप गौतम अहिले बिदेश छाडेर स्वदेशमा जमेकोमा आफूलाई गर्व गर्न थाल्नु भएको छ ।
एकदिन आफैसंग काम गर्ने अफ्रिकन साथीको गाई फार्ममा पुग्दा उहाँलाई त्यहाँ देखिएका दृश्यहरु सपना जस्तो लाग्यो । बिशाल गाइ फार्म देखेर उहाँ छक्क पर्नु भयो । मेशिनबाट नै सबै काम भइरहेको र त्यहाँको वातवरण पनि स्वच्छ देखेपछि त्यहि समयदेखि नेपालमा फर्केर आफूले पनि केहि न केहि यहाँको जस्तो काम गर्ने सोच पलायो उहाँमा । सन् २००३ देखि सन् २०१० सम्म साउथ अफ्रिकामा रहनु भएका उहाँले ४ बर्ष अघि २ वटा गाई गाँउ घरबाट किनेर ल्याइ गोठमा बाधेर आफ्नो ब्यवसाय शुरु गर्नु भयो । उहाँले भन्नुभयो–‘शुरुमा दूइवटा गाई ल्याएर गोठमा बाधेर दुइचारसय गाइ गोठमा हाल्ने सोच बनाएको मान्छे हु म ।’
उहाँकी श्रीमति सीता गौतम (पाण्डे) प्राध्यापन गर्दै आउनु भएको छ । उहाँले पनि यो गाई फार्मको सोचलाई साथ दिनु भयो र यसमा आफू पनि लागेर सहयोग गर्ने भनेर हरेक पाइलामा संगै हिड्न शुरु गर्नु भयो । दमक १५ मा उहाँहरुले सञ्चालन गरेको पाथिभरा गाई फार्म अहिले झापामा एउटा नमुना गाई फार्म बनेको छ । एकसय भन्दा बढि गाई र गाईका बाच्छाहरु अहिले गोठमा रहेकाछन् । यस बर्षको बिश्व दुध दिवसको अवसरमा उत्कृष्ठ ब्यवसायिक साना कृषक फार्म(गाईतर्फ) घोषित भएको फार्म पुग्दा गौतमले भन्नुभयो–‘यो ब्यवसाय गर्दा आज मलाई गर्व लागेको छ ।’
अहिले दुहुना गाईहरु त्यहि धेरै छैनन् र ब्याउने गाईहरुको संख्या गोठमा बढि छ । उन्नत जातका बाच्छीहरु समेत हुर्किरहेकाछन् । गौतमका अनुसार अहिले दैनिक ३ देखि ४ सय लिटर दुध उत्पादन भइरहेको छ । यहि बर्षभित्रमा कम्तिमा पनि दैनिक एकहजार लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो–‘बर्षातपछि दुध उत्पादनलाई दोब्बर भन्दा बढि बनाउनेछौ ।’ अहिले १५ वटा गाईहरुलेमात्र दुध दिदै आएकाछन् । होलस्टेन र जर्सि जातका गाईहरु रहेको गौतम बताउनु हुन्छ ।
परम्परागत पशु पालनभन्दा भिन्न रुपमा आफूले काम गरिरहेकाले सफलतातर्फ उन्मुख भइरहेको गौतमको ठम्याई रहेको छ । घाँस काट्न मात्र नभएर दुध दुहुन समेत मेशिनको नै प्रयोग गर्दै आउनु भएको छ । गाईलाई ख्वाउने दाना पनि आफै बनाएर ख्वाउने गरिएकाले गाईहरु खासै बिराम पनि नहुने गरेको गौतम बताउनु हुन्छ । आधुनिक गोठ भएकाले यहाँ उत्पादन हुने पिसाव र गोबर कम्पोष्ट मलको रुपमा सुदुपयोग भइरहेको छ ।
बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म गोठमा ब्यस्त रहने उहाँले ६ जनालाई रोजगारी दिनु भएको छ । श्रीमति सीता केहि समय अघिसम्म दमक बहुमुखि क्याम्पस र घरबाट करिब १४ किलोमिटर टाढा रहेको पथरी क्याम्पसमा प्राध्यापन गराउदै आएपनि अहिले पथरी क्याम्पस भने अध्यापन गराउन छाड्नु भएको गौतमले बताउनु भयो । गोठको काममा पनि सयम दिनु पर्ने भएकाले एकठाँउ छाडिएको उहाँको भनाइ छ ।
बिदेशमा देखेजस्तो आधुनिक र सुबिधा सम्पन्न गाइ फार्म बनाउनका लागि करिब १० बिगाह जमिन किनिसकेको जनाउदै गौतमले अब यो ब्यवसायबाट पछि नहट्ने र यसलाई नमुना बनाई छाड्ने बताउनु भयो । सरकारबाट पनि राम्रो सहयोग पाइरहेको बताउदै अब केहि माग गरका तालिमहरु पाएमा यसलाइ थप ब्यवस्थित गर्ने उहाँले जनाउनु भयो । दुध दिने मिल्किङ मेशिन सरकारको पचास प्रतिशत अनुदानमा पाएको र पछिल्लो सम्मानले यसमा लाग्न थप हौसला मिलेको गौतम बताउनु हुन्छ । एकलाखको हाराहारीमा शुरु गरेको फार्मको लागत अहिले कति पुग्यो भन्ने याकिन छैन । करोडभन्दा माथि लगानी पुगिसकेको र अझै लगानि भइरहेको गौतम जनाउनु हुन्छ ।
दैनिक १० देखि १५ जनासम्म फार्म अवलोकनका लागि आउने गरेको बताउदै यहाँको सरसफाई देखेर सबै छक्क पर्ने गरेको गौतमको भनाई रहेको छ । सफा, शुद्ध र कुनै पनि प्रकारको बाह्य सक्रमण बेगर उपभोक्ताको घरसम्म आफूहरुले दुध पुर्याउने गरिएकाले बजारको अभाव पनि नरहेको उहाँको भनाई छ । मेशिनबाट दुध दोएपछि त्यसलाई सिधै भण्डारन गरेर १५ देखि ३० मिनेट भित्र ताततातो अवस्थामा उपभोक्तासम्म शुद्ध दुध पुर्याउन आफु लागु परेको उहाँ बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah