दमक ÷ दमकका सामाजिक व्यक्तित्व पर्शुराम रिजाल दमक नगरपालिकाको नगर बिकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । शहरी बिकाश मन्त्रालयले रिजाललाई नगर विकास समितिको अध्यक्ष पदमा दुई वर्षका लागि नियुक्त गरेको हो । दमक–१५ निवासी रिजाल पाणिनी माविको व्यवस्थापन समितिका अध्यक्ष लगायत बिभिन्न सामाजिक संघ– संस्थाहरुमा समेत आवद्ध रहिआएका छन् । उनी कांग्रेस दमकको वरिष्ठ सदस्य तथा नेविसंघ झापाका पूर्व सभापति समेत हुन् । यसैवीच नवनियुक्त अध्यक्ष रिजालले सवैको सहयोगमा नगरको समग्र विकासमा लाग्ने प्रतिवद्धता जाहेर गरेका छन् । लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायमा आफूले सवै क्षेत्रसंग समन्वय गरि समग्र नगरको विकासमा लाग्ने अध्यक्ष रिजालले बताएका छन् । विद्यार्थीलाई सोलार वितरण दमक÷दमक –१५ स्थित पाणिनी माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई रोटरी क्लब अफ दमकले सोलार टुकी बितरण गरेको छ । विहिबार एक कार्यक्रम गरि रोटरीले ती सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । रोटरीले बिद्यालयमा अध्ययनरत बिपन्न समुदायका ७ जना बिद्यार्थीहरुलाई सोलार टुकी प्रदान गरेका थिए । घरमा बिद्युत जडान नभएको र अन्धकारमा बस्नु पर्ने अवस्था भएका समुदायका बिद्यार्थीहरुलाई सोलार टुकी बितरण गरिएको रोटरीका अध्यक्ष डाक्टर मुक्तिनाथ भट्टराईले जानकारी दिए । बिद्यालयमा कक्षा ३ देखि १० सम्मका बिद्यार्थीहरुलाई सोलार टुकी बितरण गरिएको थियो