एजेन्सी । हिजोआज श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरुले परपुरुषसँग सम्बन्ध बनाउने र सम्बन्ध झाँगिदै गएपछि उनीहरुको प्रेममा पर्ने रोग बढ्दो छ । जसको पछिल्लो घटना भारतको उत्तर प्रदेश उन्नावमा देखियो । जहाँ श्रीमान् परदेशमा मजदुरी गर्न गएपछि श्रीमतीले आफ्ना प्रेमी भनाउँदा अर्का पुरुषलाई घरमा नै बोलाएर अश्लिल हर्कत गर्दा गर्दै पक्राउ परेकी छिन् ।

ती महिलाले सासु ससुराले विरोध गर्दा पनि प्रेमीलाई लुकिछिपी भेट्न बोलाउँथिन् । आइतबार पनि ती महिलाले प्रेमीलाई घरमै भेट्न बोलाएकी थिइन् । तर, उनले प्रेमीलाई बोलाएको उनका सासुससुराले थाहा पाए । त्यसपछि प्रेमी बुहारीको कोठाभित्र जानासाथ सासुससुराले बाहिरबाट चुकुल लगाइदिएर प्रहरीलाई बोलाएपछि प्रहरीले ठोखा खोलेर हेर्दा प्रेमी थिएनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिलाले प्रेमीलाई टिनको बाकसमा बन्द गरेर बाहिरबाट ताला लगाएर नभएको नाटक गरेपछि प्रहरीले बाकस फोरेर हेर्दा प्रेमी बाकस भित्रबाट निसास्सिएको अवस्थामा फेला परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।