दमकका केहि होटल र गन्यमान्यको घरमा नै यस प्रकारको अखडा भएको जनाइदै आएको छ । बाहिरबाट पेशेवर जुवाडेहरु आएर जुवा खेलाएको भन्ने सूचना पाएसंगै प्रहरीले कडाइ गरेको जनाइएपनि यसको परिणाम भने देखिएको छैन ।
टिप्पणी
दमक/पछिल्लो समयमा दमकमा तास र जुवाको अखडा बन्दै आएको गुनासो बड्दै गएको छ । यद्यपी प्रहरीले भने यसलाइ स्वीकार गर्ने गरेको छैन । तास, जुवा खेल हुदैछ भन्ने तर कहाँ कसरी हुदैछ भन्ने जानकारी नरहेको प्रहरीको भनाइ रहेको छ ।
दमकका केहि होटल र गन्यमान्यको घरमा नै यस प्रकारको अखडा भएको जनाइदै आएको छ । बाहिरबाट पेशेवर जुवाडेहरु आएर जुवा खेलाएको भन्ने सूचना पाएसंगै प्रहरीले कडाइ गरेको जनाइएपनि यसको परिणाम भने देखिएको छैन ।
चाडपर्वलाइ लक्षित गरेर ठुला खेलहरु भएको चर्चाहरु चलेपछि जनप्रतिनिधिहरुले समेत चासो दिएको बताइन्छ । यद्यपि उनिहरुले समेत यहाँ र यसरी चलेको छ भनेर भन्न सकेका छैनन् ।
राजनीतिक सोर्स र प्रशासनिक रुपमा समेत आफ्नो पकड रहेको बताउनेहरुले यसलाइ पश्रय दिएको समेत आरोप लगाउने गरिएको छ ।
प्रहरीले एकपछि अर्को गर्दै महत्वकाक्षी र लोकप्रीय खालको कार्यक्रमहरु झापामा सार्वजनिक गरिरहेको अवस्थामा यस प्रकारका हल्ला र बहसले गर्दा प्रहरीमा यस्ता स्थलहरुको पहिचान गर्नु चुनौती बनेको छ ।
दमकमा अबैध रुपमा हुने गरेको जुवातास र ढाइस खेलहरुको बिषयमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीम ढकालसम्म समेत कुरा पुगेको बताइन्छ । ठाँउ फेरेर दिनहुजसो खेल भएपनि प्रहरी पनि बेखबर रहेको भन्दै आलोचना हुने गरेको पाइन्छ ।