दमक÷झापाको दमक बहुमुखि क्याम्पसको स्वबियू अध्यक्ष चयनमा नेपाल बिद्यार्थी संघको लफडा मिलेको बताईएको छ । बिगतदेखि नै क्याम्पसमा दूइवटा इकाइ समिति रहेको अवस्थामा दूइजना नै अध्यक्षमा उम्मेद्वार बन्ने चर्चा रहेको थियो । अध्यक्षमा बिनोद चापागाइ र नवराज ढकालले दाबी गर्दै आएका थिए । नेपाल बिद्यार्थी संघ तथा नेपाली काँग्रेसले औपचारिक घोषणा नगरेपनि चापागाइलाई स्वबियू सभापतिमा लैजाने सहमति जुटेको एक काँग्रेस नेताले बताए । नेबि संघ भित्रको आन्तरिक बिबाद मिलेको जनाईएपनि औपचारिक रुपमा उम्मेदवार घोषणा नभइ केहि भन्न नसकिने एक नेबि संघका जिल्ला सदस्यले बताए । यता माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट रबी बस्नेत अध्यक्षको उम्मेदवार रहने बताईन्छ । औपचारिक रुपमा निर्णय नभए पनि बस्नेतले निर्बिकल्पको अध्यक्षको उम्मेदवार रहेको जनाईएको छ । प्रदेश नं. १ का प्रमुख महेन्द्र भट्टराइका अनुसार सबै क्याम्पसहरुको अध्यक्षको उम्मेदवारहरु केहि दिनमा नै सार्वजनिक गरिने तयारी रहेको छ । यसभन्दा अगाडि नै अनेरास्वबियूले उम्मेदवारी घोषणा गरिसकेको छ । अनेरास्वबियूले सन्तोष दूलाललाइ सर्वसम्मत रुपमा अघि सारिसकेको छ ।
दमक बहुमुखि क्याम्पसमा नेबि संघको लफडा मिलेकै हो ?
सवाल नेपालसंवाददाताशनिबार, १३ माघ २०७३

दमक बहुमुखि क्याम्पसमा नेबि संघको लफडा मिलेकै हो ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



