जय गुरु देव !! नारायण !! जय माँ दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक १६ गते,शुक्रबार,इश्वी सन् २०१८ नोभेम्बर २ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– नवमी, ७:१३ बजेदेखि दशमी, २८:५५ बजेउप्रान्त एकादशी,नक्षत्र– मघा, २४:४३ बजेउप्रान्त पूर्वफाल्गुनी,योग– शुक्ल, १०:३६ बजेउप्रान्त ब्रह्म,करण– गर, ७:१३ बजेदेखि वणिज, १८:०३ बजेपछि भद्रा, ४:५५ बजेउप्रान्त वव,आनन्दादिमा काण योग,चन्द्रराशि– सिंह, सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २७ घडी ३५ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक १७ गते,शनिबार, इश्वी सन् २०१८ नोभेम्बर ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– एकादशी, २६:४७ बजेउप्रान्त द्वादशी,नक्षत्र– पूर्वफाल्गुनी, २३:१५ बजेउप्रान्त उत्तरफाल्गुनी,योग– ब्रह्म, ७:३३ बजेदेखि ऐन्द्र, २८:३९ बजेउप्रान्त वैधृति,करण– वव, १५:५० बजेदेखि वालव, २६:४७ बजेउप्रान्त कौलव, आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– सिंह, २८:५६ बजेउप्रान्त कन्या,सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २७ घडी ३१ पला। वर्त/पर्व-स्मार्त्तहरूको रमा एकादशी व्रत,२६:४३ बजे त्रिपुष्कर योग प्रारम्भ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,आत्म–विश्वास बढ्नेछ ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक ८ रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पारीवारिक सहयोग बढ्ने छ,व्यापार व्यवसाय मध्यम रहेको छ,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
शुभ कुराको सङ्केत मिल्नेछ ,मेलमिलापको भावना राम्रो हुनेछ, अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोजगारीमा सफलता मिल्ने छ ,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक १० रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ ,विश्वासको वातावरण बन्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ , टाढाको यात्रा सम्भावना छ,शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक २ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आर्थिक संकट पर्नेछ,आजको शुभ अंक ७ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,बरु सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानसम्मानमा बृद्धि हुनेछ,रोकियाका कामहरु बन्ने छन्, महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,सहयोगीहरूले काममा साथ दिनेछन्,आजको शुभ अंक ११ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारमा खुशी छाउनेछ,रिकियाका कम हरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,चोटपटक को सम्भावना छ ,पारिवारिक जीवन सामान्य रहने छ,साझपख सुधार हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ,चोटपटकको सम्भावना छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,पारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला, आजको शुभ अंक ४ रहेको छ।

दिव्य ज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय