१६ माघ । नेपाल औषधि व्यवसायी संघ मेची अञ्चलको आसन्न अधिवेशनसँगै चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा संघको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधी ब्यवसायीबिच चुनावी चर्चा शुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेद्वारी घोषणा गर्न थालेका छन् । बिर्तामोडका औषधी व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा छन् । उनले औषधी व्यवसायीको हकहितका लागि आफु्ले उम्मेद्वारी दिन लागेको बताए । बराल बिर्तामोडका ओसिएन फर्माका सञ्चालक हुन् । २०४२ सालदेखि औषधि ब्यवसायीमा लागेका उनी २०५५ देखि ०५८ सम्म संघको अञ्चल समिति सचिव थिए । ०५८ देखि ०६१ सम्म प्रथम उपाध्यक्ष भएर उनले कुशल जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै ०६१ मा बराल कानुनी सल्लाहकारको रुपमा रहेका थिए । बरालले औषधि ब्यवसायलाई मर्यादित र ब्यवस्थित गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाएका छन् । संघको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल ३ बर्षे हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यस मध्ये चारसय २२ जना संघमा आवद्ध रहेको जनाइएको छ ।
बिर्तामोडका औषधि ब्यवसायि नरेन्द्र बरालको अध्यक्षमा दाबेदारी
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३
बिर्तामोडका औषधि ब्यवसायि नरेन्द्र बरालको अध्यक्षमा दाबेदारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



