जय गुरु देव !! नारायण !! जय माँ दुर्गा !! जय भोले बाबा !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक १८ गते,आइतबार,इश्वी सन् २०१८ नोभेम्बर ४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– द्वादशी, २४:५४ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– उत्तरफाल्गुनी, २२:०२ बजेउप्रान्त हस्त,योग– वैधृति, २५:५९ बजेउप्रान्त विष्कम्भ,करण– कौलव, १३:४९ बजेदेखि तैतिल, २४:५४ बजेउप्रान्त गर,आनन्दादिमा मित्र योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी २७ पला। वर्त/पर्व-वैष्णवहरूको रमा एकादशी व्रत, सर्वार्थसिद्धि योग (अहोरात्र),गोवत्स द्वादशी,त्रिपुष्कर योग २२:०२ बजे समाप्ति।
भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक १९ गते,सोमबार,इश्वी सन् २०१८ नोभेम्बर ५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३८ कौलागा,कार्तिक कृष्णपक्ष,तिथि– त्रयोदशी, २३:२० बजेउप्रान्त चतुर्दशी,नक्षत्र– हस्त, २१:०६ बजेउप्रान्त चित्रा,योग– विष्कम्भ, २३:३० बजेउप्रान्त प्रीति,करण– गर, १२:०४ बजेदेखि वणिज, २३:२० बजेउप्रान्त भद्रा,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कन्या, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी २४ पला। वर्त/पर्व-सोम–प्रदोष व्रत, यम–पञ्चक (तिहार) प्रारम्भ,यमदीप–दान,धन–त्रयोदशी,धन्वन्तरीजयन्ती,धनतेरस -धनत्रयोदशी),कागतिहार,काकबलि।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेम सम्बन्धमा सोचेभन्दा बढि सफलता मिल्ने देखिन्छ,रोजगारी सम्बन्धित कार्य राम्रो हुनेछ,यदि कसैलाई धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्य असफल हुने देखिन्छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आजको शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
खेलकुद र कलाकारीता को क्षेत्रमा सफलता हुने देखिन्छ, माता, पिताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ, धनसम्पति फस्नेखालको योग छ,आजको शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
फलदायी समय रहनेछ,सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,राति सुत्दा नराम्रो सपना देख्न सकिने हुँदा दक्षिणमा सिरानी गर्नुभयो भने राम्रो हुनेछ,आजको शुभ अंक १२ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,कुनै नकारात्मक चिजहरु हुँदैन, प्रेम सम्बन्धमा भने सानो बाधा आउन सक्ने देखिन्छ, आजको शुभ अंक ११ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,व्यापार व्यावशाय राम्रो हुनेछ,प्रेम सम्बन्धमा सानो बाधा आउनसक्छ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,विदेश यात्रा,सन्तान सुख वैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,गौरीशंकर रुद्राक्ष लगाउनु होला,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना छ,आजको शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,धनसम्पति लाभ हुने देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ, कसैलाई धन दिनु पर्ने भयमा गौ माता लाई सम्झेर दिनु होला,प्रेम सम्बन्ध र बैबाहिक सम्बन्ध पनि राम्रो देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।
तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१
तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१
दिब्य ज्योतिष बाट साभार



