काठमाडौं, १६ माघ । सहिद दिवसको अवसरमा राजधानीको माइतीघर मण्डलामा इतिहासकै ठूलो राष्ट्रिय झण्डा फर्फराइएको छ ।

आइतबार नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फर्फराएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोजकका अनुसार झण्डा १० मिटर अग्लो र साँढे सात मिटर छ । इतिहासकै ठूलो मानिएको  झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनेको छ ।

तस्बिर: रोशन बस्नेतको फेसबुकबाट