काठमाडौं, १७ माघ । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । भ्रष्टाचारीहरुमाथि निरन्तर प्रहार गर्दै आएको यसले गत पुस ७ मा सर्वोच्च अदालतको पेसी कक्षभित्रै लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो ।

साँघु साप्ताहिकमा खबर छ– त्यसको झण्डै एकपहिना पछि माघ ६ मा विप्लवको निसानामा फेरि नेपाल ट्रष्टका विवादास्पद सचिव अर्जुनकुमार कार्की परे । एकपछि अर्को भ्रष्टाचारी करार गर्दै विभिन्न व्यक्तिहरुलाई कारबाही थालेको विप्लव माओवादीले लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेर एक महिना सजाय भुक्तान गरेका विद्यार्थी नेतालाई त विप्लव स्वयंले उपस्थित भएर सम्मान नै गरे ।

विप्लवले लोकमानलाई कालोमोसो दलेका दुई विद्यार्थी नेताको बहादुरीताको प्रशंसा गर्दै अब भ्रष्टाचारीहरु क्रमशः पार्टीको निसानामा पर्दै जाने अभिव्यक्ति दिए । एकातिर विप्लवको पार्टीले एकपछि अर्को निसाना सोझ्याउँदै जानु, अर्कातिर विप्लव स्वयंले पनि भ्रष्टाचारी नछाड्ने अभिव्यक्ति दिनु भ्रष्टाचार गरेर देशलाई लुट्दै आएका केही कर्मचारीहरुमा भने विप्लवको पछिल्लो गतिविधि टाउको दुखाइको विषयम मात्रै बनेको छैन, केहीको निदहराम नै भएको खबर छ ।

त्रास कतिसम्म बढेको छ भने विप्लको सम्भावित कारबाहीमा पर्न सक्ने विभिन्न तहका कर्मचारीहरु पछिल्ले समय सतर्कता अपनाउन थालेका छन् । अझै रोचक त के छ भने विप्लवको निसानामा पर्ने डरले पछिल्लो समय केही भ्रष्ट कर्मचारीहरुले आफ्नो दैनिकी नै कटौती गरेका छन् । उनीहरुले ‘मर्निङवाक’ लगायतका दैनिकी त्यागेका हुन् ।

भ्रष्टहरुलाई कारबाही गर्न गौंडा ढुकेर बस्न थालेका विप्लव पार्टीका कार्यकर्ताले पार्टी नेतृत्व तथा सहकर्मीहरुसँग भ्रष्ट कर्मचारीहरुले मर्निङवाक गर्न छाडेपछि यस्तो दुखेसो गर्न थालेका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर्ने तयारी हाम्रो पार्टीले गरेको थाहा पाएपछि कर्मचारीहरुले नित्य कर्म नै छाडेका छन्,’ विप्लवका एक कार्यकर्ताले भने, ‘यसले हामीलाई केही असहज भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah