काठमाडौँ,१८ कात्तिक । जस्तोसुकै परिस्थितीमा पनि संर्घष गर्न सक्नु पर्ने मानवको जीन्दगी साच्चै अनौठो रहेको छ । मानिस यस्तो प्राणी हो जसले आफुमा आएको कमीलाई शक्तिको रुपमा बदलेर असली जविन बिताएको हुन्छ ।
हामी आफुसँग काम गर्न सक्ने क्षमता हुँदाहुँदै पनि हिम्मत हार्ने गर्छौ तर चीनकी एक किशोरी जो सबैको लागि प्रेरणाको स्रोत बनेकी छन् । दुवै खुट्टा गुमाएकी ती किशोरीले अपाङगता नै हराइन भन्दा फरक पर्दैन् । दुर्घटनामा परि दुवै खुट्टा गुमाएकी कियाना चीनको युवांत प्रान्तकी हुन् । उनले बास्केट बल खेलेर दुनिया नै चकित बनाइन् । हातको साहाराले टेकेर बास्केट बल खेलेकी कियाना यतिबेला विश्वमाझ प्रसिद्धी भएकी छन् ।
अपाङगता भएपनि प्लेईङ क्लबमा ज्वाईन हुने पहिलो ब्यक्ति पनि बनिन् । उनी प्रथम वल्ड क्लास स्वीमर पनि हुन् । हाल उनले रिहैबिलिटशन रिर्सच सेन्टरबाट निः शुल्क खुट्टा पाएकी छन् । उनको लागि यो अवसरले नयाँ जीन्दगी दिएको छ । उनी अहिले बास्केट बलको अभ्यास समेत गर्न थालेकी छन् ।










