आदर्श केसी दक्षिण कोरीया

बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकि १३ बर्षिया बालिका निर्मला पन्तको हत्या भएको सय दिन पुग्दा पनि हत्याराहरु फेला पर्न नसकेको भन्दै न्यायको लागी दवाब दिन दक्षिण कोरियामा पनि नेपालीहरुले दबाब कार्यक्रम गरेका छन । शनिबार साझ राजधानी सौलको दुङदेमुनको खुल्ला चौरमा नेपालीहरु जम्मा भएर दवाव स्वरुप एक सय ओटा मैन बति बाल्दै निर्मलाको आत्माको चिर शान्तिको कामना गरी हत्यारा पक्राउको लागी दवाब दिएका हुन । सामाजिक अभियान्ता गिरीराज कुँवरको अग्रसरतामा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । जगन्य अपराधको घटनाको बिरोधमा संसारको जुन भुमिबाट पनि न्यायको लागी दबाब दिन मिल्ने भन्दै निर्मलाको हत्यारा पक्राउ गर्न दबाब स्वरुप कार्यक्रम आयोजना गरिएको अभियान्ता कुँवरले जानकारी दिनु भयो । साथै अभियान्ता कुँवर स्वयमले निर्मलाको नाममा १ लाख नेपाली रकमको अक्षय कोष समेत स्थापना गर्नु भएको छ । उक्त कोष बाट प्राप्त वार्षिक ब्याज बाट प्राप्त रकम बाट निर्मला पन्त अध्ययन गरेको स्कूलको गरीब जेहेन्दार विधार्थीलाई छात्रबृति प्रदान गरिने बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा गैर आवासिय नेपाली सघ दक्षिण कोरीयाकी अध्यक्ष लक्ष्मी गरुङ, नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाकी सभापति आस्था बिन्दु मल्ल,महिलाको लागी महिला अधिकार नाम सस्थाकी अध्यक्ष वमन फर वमन की अध्यक्ष पदमा श्रेष्ठ,गैर आवासिय नेपाली सघ एसिया प्यासिफको महिला संयोजक जुनु गुरुङ ,यानआर यान आइ सिसीका प्रकाश धमला, नेपाल पत्रकार महासघ दक्षिण कोरीया शाखाका अध्यक्ष रञ्जन कुँवर,सामाजिक अभियान्ता ध्यान राइ , लगाएत थुप्र्रै नेपाली सघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपाली हरुको बाक्लो सहभागिता हुने सो स्थानमा कोरीयाको समय अनुसार साझ ७ बजे तिर दिप प्रज्वलन गरिएको हो । सो कार्यक्रम लाइ भने सत्ताधारी नेकपा पाटीका कार्यकर्ता तथा नेताहरुले बहिष्कार गरेका छन । तत्कालिन नेकपा माओबादीको अन्र्तराष्टिय भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरीयाका अध्यक्ष खगेन्द्र बुढाले एक विज्ञप्ती जारी गरी उक्त कार्यक्रमको औचित्य नभएको भन्दै नेकपाले बहिष्कार गरेको जानकारी गराउनु भयो । तर नेकपाका कार्यकर्ताहरुलाइ सहभागि नहुन उर्दी जारी गरीएको भए पनि न्यायको पक्षमा समर्थन जनाउन पाटीको निर्देशन लाइ वास्ता नगरी धेरै मानिसहरु कार्यक्रममा सहभागि भएको बताइएको छ । पाटी भन्दा यहा सामाजिक न्यायको कुरा महत्वपुर्ण छ हामीले जहा पाएक पर्छ त्यही बाट निर्मला पन्त लगाएत सम्पुर्ण वलत्कारका पिडितहरुको पक्षमा न्यायपुर्ण आवाज उठानु पर्छ एक नेपालीले भने । यसमा राजनिती घुसाउनु राम्रो होइन करिव ४० हजार नेपाली कोरीयामा छौ यो पनि घटना सग सरोकार राख्ने एक ठुलो नेपाली समुदाय हो उनले भने ।