नेपालमै पहिलो पटक स्याङ्जाको स्वरेकमा आयोजना भएको प्याराग्लाईडिङ वल्र्डकपमा कोरियाले उपाधी जितेको छ । स्वरेकमा तीन दिनसम्म चलेको खेलमा ६ राउण्ड सकिँदा कोरियाले १२ अंक ल्याउँदै उपाधी हात पारेको हो । प्रतियोगितामा १८ देशका ७९ जना खेलाडीहरुको मात्र सहभागीता जनाएका थिए । प्रतियोगितामा ३ वटा स्वर्ण पदक जित्न सफल भएको कोरियाले तथा समुह चरणको खेलमा समेत एकलौटी बनायो । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका कोरियाका स्याङज्यू लिमले दोस्रो दिनमा आफ्नो प्रस्तुती नै उल्ट्याए र सबै भन्दा अगाडी रहे । अन्तमा ६ राउण्डको खेलमा १२ अंक आफ्नो खातामा पार्दै खुल्ला तर्फ उपाधि जिते । वल्र्डकपको छ राउण्डको खेलमा कोरियाली खेलाडीहरुले नै दोस्रोे र तेस्रो स्थानमा आफुलाई उभ्याए । कोरियाका जीहुन हो १५ अंक सहित दोश्रो स्थानमा रहन् सफल भए भने किम कि हेवन तेस्रो भए । प्रतियोगितामा सोलोभानियाका प्रि–लोजुक रोकले चौथो स्थान हासिल गरेका छन् । प्रतियोगितामा १६ अंक ल्याएका उनी पहिलो दिनको दुई राउण्डको खेलमा भने अग्र स्थान रहेका थिए । एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको ईभेण्टमा ३३ अंकका साथमा ८ औं स्थानमा समेटिए ।

तीन दिनसम्म चलेको छ राउण्डको खेलमा महिला तर्फ पनि कोरियाकैै खेलाडीहरुले उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक हात पारे । कोरियाकी हुनही किमले छ राउण्डको खेलमा महिला तर्फ उपाधि हात पारिन । कोरियाकै योनह्याङ चो दोस्रो भईन।वर्ल्डकपमा पुरुष समुहको प्रतिस्पर्धामा कोरियाले पहिलो र दोस्रो उपाधी हात पायो भने नेपालले तेस्रो स्थानमा चित्त बुझायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतियोगितमा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए । प्राप्त गरे भने ब्यक्तिगत तर्फ पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गरेको प्रतियागिताका सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले बताए ।

नयाँ दैनिकी डटकम बाट