सबैको घर आँगनमा आईसकेको छ। यमपञ्चकको पहिलो दिन काग पूजा, दोश्रो दिन कुकुर पूजा, तेश्रो दिन लक्ष्मी पूजा, चौथो दिन गोवर्धन पूजा र पाँचौ दिन भाईटिका लगाई तिहारलाई सम्पन्न गरिन्छ। यसरी प्रत्येक दिन पूजा गरिनुमा आ-आफनै मान्यता तथा विश्वास रहि आएको छ । तिहारको मुख्य दिन भाईटिकालाई मानिने गरिन्छ। यो पर्वलाई दाजुभाइ एवं दिदीबहिनी बीचको सद्भावको पर्व पनि भनिन्छ। यो पर्वमा आफ्नो दाजुभाइ दिदीबहिनी भएरै वा नहुनेले पनि बनाईएका दाजुभाइ दिदीबहिनीहरुलाई पूजा गर्ने गर्दछन। यसरी कतिपयले यो बनाइएको सम्वन्धलाई आजीवन कायम राख्दै रगतको नाताभन्दा माथि मान्ने गर्छन।

तिहार, नेपाल लगायत बिदेशी भूमीमा रहेका नेपालीहरुले धुमधामसँग मनाउने गर्छन्। कामको ब्यस्तता र पारिवारीक हिसावले टाढा भएर पनि कोरियामा रहनु भएका नेपालीहरुले चाँही यसपालिको तिहार कसरी मनाउँदैछन् त? हेल्लोनेपालकोरियाडटकम कि सहकर्मी बबिता ओली क्षेत्रीले कोरियामा रहेका नेपालीहरुलाई यसपालिको तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर सोध्नुभएको छ। ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जुनु गुरुङ -एसिया प्यासिफिक महिला संयोजक, दक्षिण कोरिया

हामी विदेशीको लागि तिहार कै दिन टिका लगाउँने संभव छैन। यो वर्षको तिहारको टिका पनि शुक्रवार परेको छ। कोरियामा प्राय शनिवार र आईतवार अधिकांस नेपाली दाजुभाई-दिदीवहिनिहरुको बिदा हुन्छ । तरै पनि म, मेरो घरमा मेरा दाजुभाईहरुलाई शुक्रवार नै टिका लगाउँछु। अनि बिदा मिलाएर टिकाको लागि मेरो घरमा आउँनुहुने मेरा दाजुभाईहरुलाई टिका लगाउँने योजनामा छु। अनि यो शनिरवार वुमन फर वुमनले सांझ भाईटिका कार्यक्रम गर्दैछ, त्यँहा पनि जान्छु। यो संस्थाले यसरी भाईटिका गर्ने गरेको मेरै कार्यकालवाट शुरु भएको हो। याद त आउँछ नेपाल हुँदा चाडपर्व मनाएको तर के गर्ने ? हामी जँहा छौँ त्यँहा नै खुशी हुनु पर्ने रहेछ। परदेशमा जो जँहा हुनुहुन्छ खुशी भएर तिहार मनाउँनुहोला।तिहारको मंगलमय शुभकामना भन्न चाहाँन्छु l

अन्जु केसी – अध्यक्ष एन सि सि, दक्षिण कोरिया

यस बर्ष भने लक्ष्मी पुजा गरि यहि शनिवार आफ्नो मन मिल्ने नजिकका भाईहरुलाई टीका लगाई रमाइलो गरि मनाउदै छु । आइतबार एन. सि.सि.बुसान साखाको तिहार कार्यक्रम आयोजना हुदैँछ त्यँहा प्रमुख अथितिको रुपमा सहभागी हुँन जाँदैछु । त्यँही नाचगान गरिन्छ, टीका लगाइन्छ, रमाइलो गरिन्छ। तिहारमा नेपालको धेरै याद आउँछ। परिवारसँग जस्तो परदेशमा त हुदैँन नै तर पनि नेपालको याद मेट्न, आफ्नो सस्कृतीलाई जोगाउँन पनि चाडपर्व मनाउने, रमाउने कोशिश गर्नुपर्छ जस्तो लाग्दछ ।

सरोज केसी – अध्यक्ष ,दोलखाली समाज दक्षिण कोरिया

परदेशको ठाउँमा सबै हामीले भनेको जस्तो त पक्कै पनि हुदैन, एकातिर घर देखि टाढा यो पराइको देशमा छौँ त अर्को तिर नेपालमा घरपरिवारले तिहार मनाइरहँदा आफु भने १२ घण्टा सम्म काम गरिरहदाको पीडा त छदैछ तर पनि जहाँ जसरी ,रहेता पनि हामी नेपाली हौँ , हामी जहाँ जान्छौं त्यहा हामी संङ्संगै हाम्रो कला संस्कृति पनि साथमा बोकेर ल्याएका हुन्छाै, रमाइलो त छैन तर पनि रमाउन जान्नु पर्छ ,रमाउन सिक्नु पर्छ आफ्नो इच्छा छ भने जुनसुकै अवस्थामा पनि आफ्नो आवश्यकता पुरा गर्न सकिन्छ भोली भाइटिका १० बजे सम्मको डिउटि सकाएर पल्लो कम्पनीमा नेपाली बहिनिहरु छन् उनिहरुको हातबाट टिका लगाउने निधो गरेको छु ।

चन्द्र राना – अध्यक्ष ,गुल्मी सम्पर्क समिति

प्रबासको भाइटिका अलिकति खल्लो त हुन्छ नै , तै पनि हामि जहाँ छौं जे जसरि बसी रहेका छौं ,त्यहि बाट आ – आफ्नो तरिकाले रमाइलो गर्न सक्नु पर्दछ जस्तो लाग्दछ l यसपटक को भाइटिकामा मेरो नितान्त ब्याक्तिगत कार्यक्रम भन्दा पनि बिदाको दीन पारेर आगामी सनिबार बेलुका गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा तिहार बिसेष शुभकामना आदानप्रदान रमाइलो धौसी भैलो कार्यक्रम आयोजना गरेका छौं l सबैजना त्यहि उपस्थित भएर एक अर्कोमा दुखसुख साटासाट गरेर रमाइलो गर्ने कार्यक्रम छ l तपाइँ हरुको मिडिया मार्फत सम्पूर्ण नेपाली हरुलाई उक्त दीन उपस्थित भैदिनु हुन समेत अनुरोध गर्दछु l साथै कोरियावासी नेपाली हरुलाई शुभादिपावाली तथा भाइटिकाको शुभकामना ब्याक्त गर्दछु l

त्यसैगरी सदाका बर्ष जस्तै वुमन फर वुमनले पनि सामुहिक भाइटिकाको कार्यक्रम राखेको छ भने एनसीसी बुसानले पनि बृहत भाइटिकाको कार्यक्रम राखेको छ l केहि दीन पहिला किम्हे सिस्टरवुडले पनि धौसिभैलो कार्यक्रम सम्पन्न गरेको थियो l यस अलावा कोरियामा रहेका बिभिन्न संघ संथाकले पनि आ आफ्नै तरिकाले सामुहिक भाइटिका शुभकामना आदान प्रदानको कार्यक्रम राखेको बताउछन l

तर पनि कोरियावासी अधिकांस नेपालीहरुसंग गरिएको कुराकानीलाई आधार मान्दा तिहारको दिन पनि काममा ब्यस्त हुनुपर्ने भएकोले यो वर्षको तिहार निराशजनक रहेको प्रतिक्रिया पाईएको थियो l

-हेल्लो नेपाल कोरिया बाट