
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २५ गते,आइतबार,इश्वी सन् २०१८ नोभेम्बर ११ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– चतुर्थी, २३:२० बजेउप्रान्त पञ्चमी,नक्षत्र– मूल, २४:३९ बजेउप्रान्त पूर्वाषाढा,योग– सुकर्मा, १६:११ बजेउप्रान्त धृति,करण– वणिज, १०:३९ बजेदेखि भद्रा, २३:२० बजेउप्रान्त वव,आनन्दादिमा सिद्धि योग,चन्द्रराशि– धनु,काठमाडौंमा सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ०४ पला। फाल्गुनन्द जयन्ती।
भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २६ गते,सोमबार,इश्वी सन् २०१८ नोभेम्बर १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु,नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– पञ्चमी, २५:०० बजेउप्रान्त षष्ठी,नक्षत्र– पूर्वाषाढा, २६:५० बजेउप्रान्त उत्तराषाढा,योग– धृति, १६:१५ बजेउप्रान्त शूल,करण– वव, १२:०७ बजेदेखि वालव, २५:०० बजेउप्रान्त कौलव,आनन्दादिमा उत्पात योग, चन्द्रराशि– धनु। सूर्योदय– ६:२३ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २७ घडी ०१ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको
छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको छ ।
तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१



