मेष राशिः मेष राशिका लागि यो साता उत्तम फलदायी रहनेछ । सोचेका काम पूरा हुने छन् । मित्र सहयोेग मिल्नुका साथै यात्राको योग पनि देखिन्छ । अध्ययनको क्षेत्र सबल छ । भूमिबाट विशेष लाभ हुने छ । आमदानीका स्रोत बढ्ने छन् । व्यापार व्यवसायबाट पनि लाभ नै देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मंगलबारदेखि विहीबारसम्म खर्च बढ्न सक्ने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साताको उत्तराद्र्ध विशेष फलदायी देखिन्छ । साताको आरम्भमा कार्य बाधाका साथै खर्च बढ्न सक्ने देखिन्छ । मंगलबारदेखि कार्यमा प्रगति हुँदै जाने छ । व्यापार वृद्धिका साथै धन लाभको योग देखिन्छ । कार्यमा सफलता हात पर्ने छ । अध्ययनको क्षेत्र फलदायी रहनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।

मिथुन राशिः राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुने छ । पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा पनि रुचि जाग्ने छ । मित्र सहयोग मिल्ने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै नयाँ कार्यका अवसर पनि प्राप्त हुने छन् । अध्ययनमा रुचि जाग्ने छ । स्वस्थ्यमा भने प्रतिकूलता रहन सक्ने छ ।

कर्कट राशिः कर्कट राशिकाक लागि साता फलदायी रहनेछ । आर्थिक वृद्धि हुने देखिन्छ । कार्योन्नतिका साथै कीर्ति लाभको पनि योग छ । आफन्त जनबाट विशेष लाभ हुने छ । पराक्रम बढ्नुका साथै मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम छ । यात्राको योग पनि देखिन्छ । साताको अन्त्यबाट स्वास्थ्यमा अस्थिरता आउने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता विशेष फलदायी देखिन्छ । सोचेका काम बन्ने छन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने योग छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । अध्ययनको क्षेत्र सबल छ । व्यवसायबाट विशेष लाभ देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि यो साता मध्यम फलदायी देखिन्छ । सोमबारसम्म कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । सो पश्चात्को समय शुभ फलदायी रहनेछ । नको क्षेत्र सबल छ । व्यापार व्यवसायबाट पनि लाभ नै देखिन्छ । विद्या अर्थकरी रहनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने छ । शत्रु पक्ष भने सबल छन् ।

तुला राशिः तुला राशिका लागि यो साता उत्तम फलदायी देखिन्छ । स्वास्थ्यको क्षेत्र सवल छ । धार्मिक कार्यमा रुचि जाग्ने छ । सोचेका काम पूरा हुने छन् । भूधनबाट विशेष लाभ देखिन्छ । मित्र प्राप्तिका साथै यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुने छ । मंगलबार र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता फलदायी रहनेछ । नयाँ काम पाउने योग देखिन्छ । विद्याबाट विशेष लाभ हुने छ । आमदानीका स्रोत बढ्ने छन् । पारिवारिक साथ सहयोग मिल्ने छ । सामाजिक मान सम्मानका योग देखिन्छन् । राजनीतिक क्षेत्र मध्यम फलदायी रहनेछ । विहीबारबाट कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि यो साता फलदायी रहनेछ । नयाँ काम मिल्ने छन् । सोचेका कार्य पूरा हुनुका साथै मित्र सहयोग पनि प्राप्त हुने देखिन्छ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ हुनेछ । व्यवसायमा उन्नति हुनुका साथै शत्रु पराजयको योग देखिन्छ । विद्याको क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । आर्थिक क्षेत्र सबल रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि साता फलदायी देखिन्छ । पराक्रम बढ्ने छ । बोलीको प्रभाव विशेष रहनेछ । कार्य क्षेत्रमा प्रगति हुनुका साथै नयाँ कार्यको प्राप्ति पनि देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहनेछ । आइतबार र सोमबार खर्च बढ्नुका साथै स्वास्थ्मा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि यो साता उत्तम लाभदायी रहनेछ । आर्थिक उन्नति हुने छ । पारिवारिक सुख मिल्नुका साथै धन लाभका अवसर पनि मिल्ने छन् । स्वास्थ्यको क्षेत्र सबल छ । सामाजिक कार्यम रुचि जाग्नुका साथै मान प्रतिष्ठा मिल्ने योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने छ । बुध र बिहीबार कार्यमा बाधा पर्न सक्ने देखिन्छ ।

मीन राशिः मीन राशिका लागि यो साता मध्यम फलदायी देखिन्छ । मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुने छ । पारिवारिक सुख देखिन्छ । व्यापारमा वृद्धि हुने छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्र विशेष लाभदायी रहनेछ । विहीबारबाट कार्यम अवरोधका साथै स्वास्थ्यमा पनि बाधा पर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah