सउल दक्षिण कोरिया,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरिया शाखाले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान,देउसी भैलो तथा परिचयात्मक कार्यक्रम दक्षिण कोरियाको सौल स्थित नेपाल हाउसमा भब्यताका साथ सम्पन्न गरेको छ ।

“हाम्रो लोक दोहोरी हाम्रो शान,प्रवासमा नेपालीहरुको छुट्टै पहिचान ” भन्ने मुल नाराका साथ करिब डेढ महिना अगाडि मात्र स्थापित यस सस्थाले आफ्नो मौलिक संस्कृति ,रितिरिवाजलाई जगेर्ना गर्ने तथा नयाँ पुस्तामा लोक संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यका साथ उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका राष्ट्रिय तथा स्थानिय कलाकारहरु लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थितिका साथमा देउसी भैलो, सांगीतिक प्रस्तुती का साथै नृत्य प्रस्तुत गरेका थिए । जितेन भाई श्रीस मगरको सभापतित्व ,एन आर एन ए अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्य ,तथा आर के पौडेलले सन्चालन गरेको उक्त कार्यक्रममा रमिला गौतमको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । कोरियामा रहेका स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्नका लागि थोरै भएपनी पारिश्रमिक का साथ कोरियामा हुने कार्यक्रममा बिशेष स्थान दिनको लागि कोरियामा रहने संघ सस्थाहरुलाई आग्रह गर्नुका साथै एन सि सि कोरियाको रजत जयन्तीबाटै शुरूवात गर्ने घोषणा एन सि सि का बरिस्ठ उपाध्यक्ष श्री प्रसाद श्रेष्ठले गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शारीरिक असक्तता भएका तथा बिशेष प्रतिभा भएका कलाकारहरुलाई यस सस्थाले आफ्नो अक्षयकोष मार्फत प्रोत्साहन गर्न प्रत्यत्न गर्ने अपेक्षा एन आर एन ए बरिस्ठ उपाध्यक्ष बिपिन गुरुङले ब्यक्त गरेका थिए । कोरियामा हुर्केका नेपाली बालबालिका हरुलाई पनि आफ्नो देशको मौलिक संस्कृतीप्रती आकर्षित गर्न यस सस्थाले प्रयत्न गर्ने अपेक्षा प्रमुख अध्यक्ष लक्ष्मी गुरुङले राखेकी थिईन ।

सोही अवसरमा संस्थाका सल्लाहकार तथा लोक गायक कृष्ण पान्डे क्षेत्री लाई आफ्नो कोरियाको ४ वर्ष १० महिना कार्यावधी पूरा गरि नेपाल जाँदै गर्नुहुने भएकोले वहाँलाई बिदाइ तथा सम्मान पनि गरिएको थियो

यी र यस्ता कार्यक्रमले विदेशी भुमिमा रहेर पनि व्यस्तताका बाबजुद आफ्नो लोक संस्कृतिको जगेर्ना गर्न कटिवद्ध रहेको सन्देश सबैमा जाने विचार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रुपमा अगाडि बड्न सबैको साथको अपेक्षा राख्दै संस्थाका अध्यक्ष जितेन भाई श्रीस मगरले कार्यक्रमको समापन गरेका थिए ।