यदि तपाई आफ्ना प्रेमीसँगको सुमधुर सम्बन्धलाई कायम राख्न चाहनुहुन्छ भने ‘आई लभ यु’ भन्दा यस्ता कुराहरु गर्दा बढी प्रभावकारी हुन्छन् । तपाईको प्रेमीलाई आई लभ यु भन्दा पनि वास्तविक र यर्थाथ कुरा सुन्ने मन हुन्छ ।

त्यसैले आज हामी त्यस्ता ८ कुराहरु भन्न जाँदैछौँ जसले तपाईको सम्बन्ध पक्का पनि बलियो र सुमधुर बनाइराख्न मद्दत गर्नेछ ।

१. म छँदै छु नि

प्रेम व्यक्त गर्नु र प्रेम गर्नु दुई अलग कुरा हुन् । कसैको राम्रो समयमा साथ रहन धेरै सजिलो हुन्छ तर दुःखको समयमा पनि आफ्ना साथीलाई भरोसा दिलाउन सकियो भने मात्र तपाई असल प्रेमी मानिनुहुनेछ ।

आफू भएको अनुभव गराएर सँधैं हौसला प्रदान गर्नाले तपाईको सम्बन्धमा अवश्य पनि राम्रो प्रभाव पर्नेछ । यदि तपाई भएकोमा ऊ विश्वस्त छ भने तपाईमा निर्भर तपाईको पार्टनर सँधैंभरि तपाईकै साथमा रहन चाहन्छ ।

२. सबै ठीक हुन्छ, चिन्ता नलेउ

आफ्ना नजिकका मानिस समस्यामा हुँदा यो कुरा त सबैले भन्ने गरेका छन् । तर यहि शब्द आफूलाई माया गर्ने विश्वासनीय मानिसले भन्यो भने यसले तपाईको पार्टनरका लागि निकै खास अनुभव दिलाउन सक्छ ।

तपाईको पार्टनरलाई साँच्चै नै सबै ठीक हुन्छ जस्तो लाग्छ । यसले तपाईहरुलाई अझै नजिक ल्याउन सहयोग गर्छ ।

३. केही छैन, मैले मनमा लिएको छैन

कतिपटक तपाईको पार्टनरको मुखबाट भन्न नहुने कुरा पनि निस्किन सक्छ । यस्ता कुरा भनेपछि हामीलाई पछि पछुतो समेत लाग्छ ।

यस्तोमा यदि तपाईको पार्टनरलाई तपाईले उसको गल्तीको महशुस गराउनुको सट्टा तुरुन्तै माफ गर्दिएर केही छैन मैले मनमा लिएको छैन भन्नुभयो भने त्यसपछिका दिनहरुमा उसले त्यस्तो गल्ती कहिल्यै गर्ने छैन र तपाईका गल्तीहरुलाई पनि माफ गर्दिनेछ ।

४. मलाई माफ गरिदेउ

कसैलाई माफी दिनु एकदमै ठूलो कुरा हो तर त्यो भन्दा पनि ठूलो काम आफ्नो गल्ती स्वीकार गरी माफ माग्नु हो । त्यसैले यदि तपाई आफ्नो पार्टनरलाई गल्तीका लागि माफी माग्नुहुन्छ भने उसको आँखामा तपाईका लागि झनै इज्जत बढेर जानेछ ।

५. घर पुगेपछि फोन गर है

यदि तपाईले आफ्नो पार्टनरलाई तपाईले उसको कति ख्याल गर्नुहुन्छ भन्ने अनुभव गराउन सक्नुभयो भने तपाईहरुको सम्बन्ध कहिल्यै पनि नराम्रो हुने छैन ।

६. यसबारे तिम्रो सोचाइ कस्तो छ ?

यसरी समय-समयमा आफ्नो पार्टनरलाई उनीहरुको विचारबारे बुझ्न चाहनुभयो भने उसलाई तपाईको जीवनमा उसको पनि महत्वपूर्ण स्थान रहेको आभास हुन्छ । यसले तपाईको सम्बन्ध अवश्य राम्रो बनाउने छ ।

७. तिमीलाई एकदम सुन्दर देखिएको छ

तपाईको पार्टनरका कतिपय कुराहरु तपाईलाई असाध्यै मन परेको हुन सक्छ । यस्तो बेलामा तपाईले उसको तारिफ गर्न हिचकिचाउनु हुँदैन ।

किनकी यसो गर्नाले तपाईको पार्टनरलाई सधैँ तपाईका लागि राम्रो देखिने मन हुन्छ र यसै खुसीमा तपाईप्रति उसको माया पनि प्रगाढ बन्दै जान्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah