दक्षिण कोरिया । नेपाली संघीय समाज दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिक तेस्रो महाधिवेशन आयोजना हुने भएको छ।
कोरियाको नयाँ वर्षा सलनाल बिदाको अवशर पारेर नेफेसो पार्टीले तेस्रो महाधिवेशन आयोजना गर्न लागेको अध्यक्ष महिन्द्र राई बताए।
नेपाली संघीय समाज कोरियाले राजधानी सौल स्थित दोंग्देमुनको थाई होटेलमा बसेको बैठकले आगामी फेब्रुअरी ५ तारिखका दिन तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेपाली संघीय समाज दक्षिण कोरियाले तेस्रो महाधिवेशन सफल बनाउन पार्टीका सल्लाकार चित्र बहादुर मुक्तानको संयोजकत्वमा बिभिन्न बिभाग गठन गरी हाल व्यवस्थापनका लागि पार्टीका संरक्षक अमृत राई, पत्राचारलगायत आन्तरिक तयारीको रहेको बताइएको छ।
महासचिब दावा रिन्जिन शेर्पा, स्वयम सेवक परिचलानको लागि उपाध्यक्ष दर्पण गुरुङ, कार्यक्रममा आमन्त्रित अथिति व्यवस्थापन गर्न पार्टी सल्लाहकार टिका राई, राम कुमार यादव, आर्थिक व्यवस्थापन गर्न कोषाध्यक्ष विकास योन्जन, हाङ्ग गिम छा, निर्वाचन मण्डल संयोजकमा अमृत राई , संस्कृतिक बिभागमा उतम खजुमलगायत कार्यक्रम प्रचार प्रसार गर्न सूचना तथा संचार बिभागमा शेर साङबो शेर्पालाई जिम्मेवारी बाँड फाँट गरेको जानकारी दिए।
नेपाली संघीय समाज दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन हुन अगाबै कोरियामा रहेका नेफेसो क्षेत्रीय पार्टीहरुको अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय भएको अध्यक्ष महेन्द्र राईले बताए।









