गरिबीकै कारण पड्नबाट बन्चित कोहिपनि नहुने झापाको तोपगाछी २ मा रहेको श्री बिद्यासदन अङग्रेजी विद्यालयको ९ औ बार्षिक उत्सब तथा अबिभावक दिवस २०७३ आज बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । प्रत्येक बर्षको सरस्वती पुजाको अघिल्लो दिन विद्यालयले बार्षिक उत्सब मनाउने गरेको छ । वार्षिक उत्सव तथा अबिभावक दिवसको अवसरमा बिद्यालयले गत वर्षको शैक्षीक पुरस्कार बितरण तथा खेलकुद पुरस्कार बितरण , यस वर्षको उत्कृष्ट १ अबिभावकमा दिलिप थापालाई पुरस्किृत लगाएत अन्य सास्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थी, अबिभावकहरु, बिभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरु, स्थानीय अगुवा, समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य नारायण बस्नेतले अब विद्यालयलाई अपग्रेडिङ्ग गर्दै माध्यमिक तहको कक्षा चाडै संचालन गरिने, हाल बिस प्रतिसत विद्यार्थीलाइ निसुल्क पडाउदै आएको इस्मरण गराउदै गरिबीकै कारण पड्नबाट बन्चित कसैलाई नगराउने, यहि त्यस्ता भए नि:सुल्क पड्ने व्यवस्था मिलाउने बताउनु भयो । साथै सोहि अवसरमा अबिभावक तर्फ महिलाको मुयुजिकल चियर भएको थियो भने पुरुस तर्फ़ भएको खेलमा हण्डीफोरमा बिरभद्र पोखरेल बिजय हुनुभएको छ । त्यसैगरि सन्तामाया तामांगले भाग्य चिट्ठामा उपहार जित्नु भएको विद्यालय प्राचार्य नारायण बस्नेतले जानकारी दिनु भयो । तोपगाछीका श्रोत ब्यक्ति केसब प्रसाद भट्टराईको प्रमुख आतित्यतामा सम्पन कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हजेंद्र बस्नेतले गर्नुभएको कार्यक्रमको संचालन टंक महतले गर्नुभएको थियो ।











