काठमाडौं, १८ माघ । अखिल क्रान्तिकारीका कार्यकर्ताले एमाले निकट अनेरास्ववियुका नेतामाथि राजधानीमा सांघातिक आक्रमण भएको छ । आक्रमणबाट झण्डै आँखा गुम्ने अवस्थामा पुगेको अखिलका नेताहरूले बताएका छन् ।

काठमाडौंको ठमेलस्थित सरस्वती क्याम्पसका क्याम्पस कमिटीका अध्यक्ष शंकर गौतमलाई अखिल क्रान्तिकारीका कार्यकर्ताले गम्भीर चोट लाग्ने गरेर मंगलबार कुटपिट गरेका हुन् । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले शंकर गौतममाथि भएको सांघातिक आक्रमणको निन्दा एवम् भत्र्सना गर्दै यस्ताखलका अराजक गतिविधी रोक्न कडा चेतावनी दिएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘यसप्रकारका घटनाप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं’, अध्यक्ष लामाले भनेकि छिन्, ‘यस्तो घटना नदोहोराउन अपील गर्दछौं । यस्ता अराजक गतिविधी दोहोरियो भने अनेरास्ववियुले हातमा दही जमाएर बस्ने छैन ।’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागनुको दोस्रो साता हुने मिति सार्वजनिक भएका बेला विद्यार्थी संगठनका नेताहरू आक्रमणमा उत्रिन थालेका घटना बाहिर आउन थालेका हुन् ।

यसअघि अखिल क्रान्तिकारीका कार्यकर्ताले पद्मकन्या क्याम्पसमा नेविसंघकी नेतृलाई सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।