ललितपुर । सन् २०१७काे राेजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा पास गरेर काेरिया जान नपाएका युवाहरूले आज रत्नपार्कमा प्रदर्शन गरेका छन् । इपिएस पिडित नेपाल समिति गठन गरेर प्रदर्शनमा उत्रिएका युवाहरूले भाषा परीक्षा पास गरेकाहरुकाे भविष्यमाथि इपिएसले अन्याय गरेको भन्दै तत्काल सबैलाई काेरिया जाने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । प्रदर्शनमा उनिहरुले आवश्यक संख्या मात्रै पास गराउनुपर्ने , २०१७मा पास भएकाहरु पठाइसके पछि मात्रै २०१८मा पास भएकोहरुलाइ पठाउने पक्रिया अगाडि बढाउनुपर्ने लगायतका माग राखेका छन् । कार्यक्रममा बाेल्नु हुँदै इपिएस पिडित नेपालका अध्यक्ष लेखराज कार्कीले इपिएसकाे नाममा युवाको भविष्यमाथि खेलबाड भएको भन्दै पास भएको सतप्रतिसत काेरिया लाने पक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले सरकारले ईपीएस पिडितका मुद्दामा ध्यान नदिएको आराेप लगाउँदै यदि समयमै सरकारले समस्या समाधान नगरे ससक्त आन्दोलनमा उत्रन बाध्य हुने समेत बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ईपीएस प्रणालीलाई व्यवस्थित गरि पास भएकाहरु लगिसकेपछि मात्रै नयाँ परिक्षा गरिनुपर्ने , ईपीएसमा याेग्य ठहरिएकाहरुलाइ काेरिया लाैजाने ग्यारेन्टी हुनुपर्ने , पुराना ईपीएस पास भएकाहरुलाइ मध्यनजर राखि नयाँ ईपीएसकाे निर्धारण गरिनुपर्ने लगायतका माग राखेर ईपीएस पास भएकाहरु यतिबेला संघर्षमा उत्रिएका छन् । उनिहरु भन्छन् हामी ईपीएस बन्द गर्ने पक्षमा नभई ईपीएसका कमजोरी सुधार गरेर कामदारको पक्षमा लागू गराउन संघर्षरत छाैँ ।

यसअघि पनि सन् २०१२मा ईपीएस परीक्षा पास मात्रै गराएर काेरिया नलगेकाे भन्दै पास भएकाहरुले आन्दोलन गरेका थिए । त्यसपछि केही सुधार भएपनि अझै कामदारको पक्षमा काम नभएकोले नयाँ ईपीएस आन्दोलन अगाडि बढाउनुपरेकाे पिडितहरुकाे रायछ ।