काठमाडौं, १९ माघ । कर्तव्य ज्यान मुद्दामा आठ बर्ष जेल जीवन बिताएपछि गोरखा केराबारी ३ का नारायण ढकालले सर्वोच्च अदालतबाट सफाई पाएका छन् । २०६६ मा १८ बर्षको उमेरमा जेल परेका उनलाई सोमबार सर्वोच्चले सफाइ दिएको हो ।

२०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएपछि उनी पुनरावेदन पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यहाँबाट पनि सोही सदर भएपछि सर्वोच्च पुगेका ढकाललाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रप्रसाद श्रेष्ठको इजलासले सफाइको फैसला हाे ।

केराबारी ५ का तेजबहादुर रेग्मीले आफ्नी छोरीको हत्या गरेको आरोपमा ढकालमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थिए । सत्यको जित भएको र आफूले न्याय पाएको ढकालले बताएका छन् ।  नागरिक दैनिकमा खबर छ ।