काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.नारायण खड्काले एमालेसँग सरकार बनाएर जान आफूहरू तयार रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै डा.खड्काले संविधान संशोधन गर्न तयार भए एमालेको नेतृत्वमा कांग्रेसले सरकार बनाउने दाबी गरे ।

‘एमालेले संविधान संशोधन गरेर मुलुकलाई निकास दिन तयार हुन्छ भने कांग्रेस केपी ओलीलाई प्रधानमन्त्री मानेर सरकारमा जान्छ’, उनले भने, ‘कांग्रेसलाई एमालेसँग मिलेर जाने विषयमा कुनै आपत्ति छैन ।’

एमालेले संविधान संशोधन गर्ने ज्ञारेन्टी गर्नुपर्ने कांग्रेस नेता डा.खड्काको पूर्वसर्त थियो । एमाले यो विषयमा तयार भए सभापति शेरबहादुर देउवासँग आफूले कुरा गरेर मनाउँन तयार रहेको समेत डा.खड्काले दाबी गरे ।

माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले पनि राष्ट्रिय सहमतिका लागि आफूहरू पनि खुला रुपमा छलफल गर्न तयार रहेको बताए ।

‘मुलुकले निकास पाउँछ भने खुला रुपमा छलफल गर्न माओवादी तयार छ’, उनले भने, ‘तर अहिले नै सरकारका विषयमा कुरा गरिहाल्ने समय भएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah