अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ३ गते,सोमबार, इश्वी सन् २०१८ नोभेम्बर १९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– एकादशी, १२:०१ बजेउप्रान्त द्वादशी,नक्षत्र– उत्तरभाद्रपदा, १६:३६ बजेउप्रान्त रेवती,योग– वज्र, १८:०८ बजेउप्रान्त सिद्धि, करण– भद्रा, १२:०१ बजेदेखि वव, २४:२६ बजेउप्रान्त वालव,आनन्दादिमा गद योग, चन्द्रराशि– मीन,सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ३९ पला।व्रत/पर्व- पञ्चक। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भीष्मपञ्चक आरम्भ,सुनसरीस्थित बराहक्षेत्र तथा खोटाङस्थित बराह पोखरीमा धार्मिक मेला सुरु।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ४ गते,मंगलबार,इश्वी सन् २०१८ नोभेम्बर २० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– द्वादशी, १२:४३ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– रेवती, १७:४६ बजेउप्रान्त अश्विनी, योग– सिद्धि, १७:२६ बजेउप्रान्त व्यतीपात,करण– वालव, १२:४३ बजेदेखि कौलव, २४:५३ बजेउप्रान्त तैतिल,आनन्दादिमा शुभ योग, चन्द्रराशि– मीन, १७:४६ बजेउप्रान्त मेष, सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ३७ पला, पञ्चक १७:४६ बजेसम्म। व्रत/पर्व-प्रदोष व्रत,मन्वादि,चाँगुनारायणमा अखण्ड दीप दर्शन,रुरु-रिडी क्षेत्रमा हृषीकेश रथयात्रा,१७:४६ बजेदेखि सर्वार्थसिद्धि योग।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
प्रेम प्रस्ताव आउनेछ,विद्या क्षेत्रमा उन्नती रहनेछ,फूपुको सहयोगले लामो समयदेखि अड्किएर बसेकम काममा सफलता मिल्नेछ,आजको शुभ अंक २ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
घरको काममा समय बित्नेछ,आमाको स्वास्थ्यमा सुधार आउनेछ,प्रेममा आयाम थपिनेछ,विद्यामा प्रगती हुनेछ, सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ,आजको शुभ अंक ६ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
नसोचेको ठाउँबाट धन प्राप्तिको योग रहेको छ, नयाँ कामको थालनी हुनेछ , राज्यका उच्च पदमा रहेका व्यक्तिको भेटघाटले मन प्रशन्न रहनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
सुरुमा केही खर्च वृद्धि भएता पनि साताको मध्यबाट राम्रो समय सुरुवात हुनेछ, थालेको कामले पूर्णता पाउनेछ, सहि व्यक्तिको संगतले गर्दा तपाई आफ्नो लक्ष्यमा पुग्न सक्नुहुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
भाग्य उदयको समय रहेको छ,धर्म प्रति खर्च बढेर जाने समय आएको छ, सामाजिक काममा मन जानेछ, सरकारी क्षेत्रका काममा सहजता छाउनेछ ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
खर्चमा वृद्धि हुने र झमेलामा फस्ने साथै मुद्धाको फैसला पनि तपाईको विपक्षमा आउन सक्नेछ,तर साताको मध्येबाट भने समय तपाइको पूर्ण समर्थनको साथमा देखा पर्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
दाजुभाइको सहयोग भरपुर मिल्नेछ,सामाजिक कामको जिम्मा तपाईले पाउनुहुनेछ, घरायसी सुखमा वृद्धि हुनेछ ,माइतीको सल्लाहले गरेको काममा सफलता मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
मिष्ठान्न भोजनको समय रहेको देखिन्छ,सम्पत्ति वृद्धि हुनेछ,प्राथमिक शिक्षामा विेशष उन्नती रहेको देखिन्छ,पराक्रम वृद्धि हुनेछ, दिदी बहिनीसँग सम्बन्धमा सुधार आउने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी र खर्च बरोबर नै हुनेछ,सुन व्यवसायमा विशेष लाभ रहनेछ,मित्रभावले मन प्रसन्न रहनेछ ,बोलीमा विचार पु¥याउनु राम्रो हुनेछ,वादविवादमा राम्रो समय छैन,आजको शुभ अंक ४ रहेकोछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
कामले स्थिरता पाउनेछ छैन,राजनीतिमा खटपटी देखा पर्ने रहेको छ, जग्गा जमीनको किनबेचमा विशेष लाभ रहनेछ,बोलीमा विशेष ध्यान पुर्याउनु बोल्नु उचित हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
विद्यार्थीको लागि यो साता अति नै उत्तम रहेको छ, गृहणीको लागि यो साता मध्यम रहेको देखिन्छ, आम्दानीको नयाँ श्रोत फेला पर्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
वैदेशिक क्षेत्रका काममा सफलता मिल्नेछ,अन्र्तराष्ट्रिय स्तरका व्यक्तिले काममा सहयोगी भूमिका निर्वाह गर्नेछन्,व्यापारिक क्षमतामा वृद्धिहुनेछ,आजको शुभ अंक १० रहेको छ ।

दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah