श्री ज्योति मा. बि.तोपगाछी-३ झापालाई आज सरस्वती मन्दिर हस्तान्तरण गरिएको छ । तोपगाछी-३ निवासी श्री टुपेन्द्र घिमिरे र श्रीमति राधिका घिमिरेले रु ३,०९,२३० (तिन लाख नौ हजार दुइ सय तिस) को लागतमा सो मन्दिर निर्माण गरि सरस्वती पुजाको आवसरमा बिद्यालयलाई हस्तान्तरण गरिएको बिद्यालयका प्र.अ नगेन्द्र बस्नेतले जानकारी दिनुभयो । बिद्यालय व्यस्थापन समितिका अध्यक्ष तिलक खड्काको अध्यक्षतामा भएको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम समाजसेवी कर्णबहादुर कट्टुुवालको आथित्यतामा बिद्यालयका परिवार, बिधार्थी, अभिभावक, भूपू बिधार्थी मिलन केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन शिक्षक दुर्गाबहादुर न्यौपानेले गर्नु भएको थियो भने स्वागत मन्तब्य पुर्व प्र.अ. केशव संजेलले गर्नु भएको बिद्यालयका शिक्षक नारायण बस्नेतले जानकारी दिनुभयो ।











