
अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ४ गते,मंगलबार,इश्वी सन् २०१८ नोभेम्बर २० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– द्वादशी, १२:४३ बजेउप्रान्त त्रयोदशी,नक्षत्र– रेवती, १७:४६ बजेउप्रान्त अश्विनी, योग– सिद्धि, १७:२६ बजेउप्रान्त व्यतीपात,करण– वालव, १२:४३ बजेदेखि कौलव, २४:५३ बजेउप्रान्त तैतिल,आनन्दादिमा शुभ योग, चन्द्रराशि– मीन, १७:४६ बजेउप्रान्त मेष, सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ३७ पला, पञ्चक १७:४६ बजेसम्म। व्रत/पर्व-प्रदोष व्रत,मन्वादि,चाँगुनारायणमा अखण्ड दीप दर्शन,रुरु-रिडी क्षेत्रमा हृषीकेश रथयात्रा,१७:४६ बजेदेखि सर्वार्थसिद्धि योग।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर ५ गते,बुधबार,इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– त्रयोदशी, १२:५५ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– अश्विनी, १८:२६ बजेउप्रान्त भरणी, योग– व्यतीपात, १६:२१ बजेउप्रान्त वरियान्,करण– तैतिल, १२:५५ बजेदेखि गर, २४:४९ बजेउप्रान्त वणिज,आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– मेष,सूर्योदय– ६:३० बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ३४ पला। व्रत/पर्व-विष्णु–बैकुण्ठ चतुर्दशी,पाल्पाको दर्लममा महाकाली भगवती रथयात्रा,डोटीमा केदार मेला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ, सम्मान र साख पनि प्राप्त हुनेछ ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ, आम्दानीका मार्गहरू खुल्नेछ,परिवारमा समस्या आउनेछ,आजको सुभ अंक ८ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ,धार्मिक यात्राको सम्भावना रहेकोछ,आजको शुभ अंक १० रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ, लामो यात्रा सुखद एवं सफलता सिद्ध हुनेछ ,मनमा कुरा खेल्नाले अशान्ति हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ, धन आर्जनको दृष्टिले पनि यो समय राम्रो छ ,धार्मिक क्षेत्रमा मन जानेछ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दुर्घटनाको सामान्य भय छ ,आर्थिक हानिको सम्भावना छ,आफन्त बाट धोका हुनेछ,बोलीमा विचार गर्नु होला,आजको शुभ अंक ५ रहेको
छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ ,स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छैन,खानपिनमा विचार पुराउनु होला,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,आर्थिक नाश हुने सम्भावना छ ,बोलीमा लगाम लगाउदा राम्रो हुनेछ ,आजको शुभ अंक ५ रहेको
छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आकस्मिक रूपमा धनहानि हुने,स्वास्थ्य सम्बन्धी समस्याका कारण तनावग्रस्त रहनु पर्नेछ ,मित्र जान संग भेटघाट हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्रिय घटना भोग्ने तथा स्वयं मानसिक रूपले तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,यात्रा गर्दा चनाखो हुनु होला,आजको सुभ अंक ५ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो घमण्डका कारण शत्रु बढ्ने सम्भावना छ,बोलीमा विचार पुर्याउनु होला, मौन बस्दा राम्रो हुनेछ,आजको सुभ अंक ३ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक कार्यमा सफलता मिल्नेछ, स्वास्थ्यमा सुधार आउला,मान सम्मान मिल्नेछ,आजको सुभ अंक २ रहेको छ ।
-दिब्य ज्योतिषं बाट



