"स्याङ्जाली एकता उपकारी मन सद्भाव संगै बिताऔ परदेशी जीवन"
भन्ने मुल नाराका साथ अगाडि बढेको स्याङ्जा परिवार थेगु शाखा नोभेम्बर 12/11/2017 मा स्थापना भएको थियो विभिन्न सामाजिक कार्यहरुमा कृयासिल संघ संस्था मध्य स्याङ्जा परिवार थेगु शाखा पनि एक हो स्थापना कालदेखि जस्तोसुकै कठिन परिस्थिति पनि सामना गर्दै विशेषगरी कोरियाको थेगु शहर आसपासमा रहेका स्याङ्जालीहरुलाइ एकै सुत्रमा बाध्न कोशिस गर्दै विभिन्न संघ संस्था सङ्ग हातेमालो गर्दै बढिरहेको छ स्थापना भएको झन्डै महिना दिन नबित्दै अङ्ग्रेजी बर्ष 2018 मा "NEW YEAR DANCE PARTY2018"भब्यताका साथ सम्पन्न गरेको थियो उक्त कार्यक्रममा धेरै भन्दा धेरै स्याङ्जालिहरुको चिन्जान र नया स्याङ्जालीहरुको आगमन पनि भएको थियो समाजिक कार्यमा अग्रसर स्याङ्जा परिवार थेगु शाखाले दुख पिडामा रहेका धेरै स्याङ्जाली तथा गैह्र स्याङ्जालीहरुलाइ मलम लगाउने काम गरिसकेको उदाहरण छ दुख मात्रै हैन मनोरंजन पनि दिने यो संस्थाले सास्कृतिक कार्यक्रम गत सेप्टेम्बर महिनामा थेगुको सङ्समा विभिन्न मिष्ठान्न दर सहित तिज धमाका कार्यक्रम सम्पन्न गरेको छ जुन एउटा ऐतिहासिक रुपमा सफल भएको आयोजकको दावी छ कार्यक्रम सफल बनाउन विभिन्न संघ संस्था बुद्धिजीवी ब्यवसायी मनकारी मनहरुलाइ फेरि पनि धन्यवाद दिदै एउटा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने तमाम महानुभावहरुलाइ सक्सेस पार्टी र कलाकार सम्मान को साथै आफ्नो प्रथम बार्षिक भेटघाट थेगुमा रहेको नेपाली तारा रेस्टुरेन्टमा सम्पन्न गरेको छ!

सभापति बिरेन्द्र नौभाग्य प्रमुख अतिथि स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष युवराज गुरुङ बिशिस्ट अतिथी स्याङ्जा परिवार दक्षिण कोरियाका निवर्तमान महिला संयोजक सपना शर्मा विशेष अतिथी स्याङ्जा परिवार किम्हे बुसान शाखाका सल्लाहकार राज कुमार आले प्रीन्स अतिथिहरुमा क्रमश:मगर संघ थेगुका अध्यक्ष कुमार गर्बुजा,वेगान नेपाली साथी समुहका अध्यक्ष पासाङ शेर्पा,नेपाली परोपकार समाजका अध्यक्ष दिनेश कडेल,थेगु सेल्टरका संयोजक सुरेश खत्री,स्याङ्जा परिवार दक्षिण कोरियाका बुद्धिजीवी प्रेम राज अधिकारी, स्याङ्जा परिवार थेगु शाखाका सल्लाहकार द्वय दिपक नेपाली, महेश रेग्मी रहेको थियो भने कार्यक्रम संयोजकमा स्याङ्जा परिवार थेगु शाखाका बरिस्ठ सल्लाहकार रमेश राना हुनुहुन्थ्यो कार्यक्रम स्याङ्जा परिवार थेगु शाखाका सचीव मेघ काफ्ले ज्युले औपचारिक कार्यक्रम चलाउनुभएको थियो
करिब राती दस बजे सुरु भएको औपचारिक कार्यक्रम अतिथी सम्मान र ब्याज बितरण लगत्तै स्वागत मन्तब्य यसै संस्थाका उपाध्यक्ष बिष्णु वाग्ले ज्युले गर्न भएको थियो त्यस्को लगत्तै राष्ट्रिय गान गरि कार्यक्रमको शोभा बढाएको थियो त्यसपछि कलाकार सम्मान कार्यक्रममा तिज विशेष धमाका सास्कृतिक कार्यक्रम मा विशेष मनोरंजन दिनुहुने सम्पूर्ण कलाकारहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेको थियोे कलाकारहरुमा चर्चित गायिका शान्ती गुरुङ ,गायक मित्र मगर युवा गायक सुमन चापागाईं, गायक सर्जक अमृत बिस्वकर्मा डान्सर मुस्कान नौभाग्य, सबिना नौभाग्य मोहन वोस्ती गम्भीर राना लगायत अन्य कलाकारहरुलाइ सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो त्यसपछि कार्यक्रम संयोजक तथा बरिस्ठ सल्लाहकार रमेश राना ज्युले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै स्याङ्जा परिवार थेगु शाखामा भएको गतिविधि तथा संस्थालाई आगामी दिनहरुमा सहज रुपमा लाने सबैको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउदै नयाँ आगमन हुने स्याङ्जालीहरुलाइ संस्थामा आवद्ध भइ दुखसुखमा हातमा हात साथमा साथ हुनुपर्ने कुरामा जोड दिनु भएको थियो त्यस्को लगत्तै स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथी युवराज गुरुङ ज्युले क्षेत्रीय शाखाहरुले गरेको हरेक कामहरु तारिफयोग्य रहेको र हरेक दुखदुखमा साथ दिने कुरा ब्यक्त गर्नुभएको थियो र आफू कलाकार सम्मान तथा बार्षिक भेटघाटमा सामेल हुन पाउँदा एकदम खुसी भएको र संस्थाले एक बर्ष पूरा गरेकोमा शुभकामना दिनुभएको थियो र अन्ततः कार्यक्रमका सभापति बिरेन्द्र नौभाग्य ज्युले धेरै संघर्ष गरेरै संस्था यहासम्म आएको र सम्पूर्णलाई संस्थाप्रती लगाव रहेर माया गर्नुपर्ने कुरा बताउदै संस्था बर्षदिन पूरा भएकोमा खुसी तथा शुभकामना व्यक्त गर्दै औपचारिक रुपमा कार्यक्रम घोषणा भएको जानकारी गर्नुभएको थियो

लगत्तै अनौपचारिक कार्यक्रम रुबिन रेग्मी र्यापर ले गरेको थियो विभिन्न मिष्ठान्न परिकारका साथ सक्सेस पार्टी तारा रेस्टुरेन्ट भरिएको देखिन्थ्यो खानापिन लगत्तै स्याङ्जाली युवा गायक सुमन चापागाईंले आफ्नो मिठो प्रस्तुति दिदै दर्शकलाइ झुमझुम पारेको थियो सालको पातको टपरी हुनि ए बरै नहुनी सल्लैको,फूल फूलेर पहेलै भयो उहीँ खोलिमा पानी भन्ने गित गाएर दर्शकलाइ नचाएको थियो त्यस्को लगत्तै गायक मित्र मगरले हावा चल्यो सरर डाडैको वर, फूलको थुङ्गा फेवातालमा डुङ्गा बोलको सालैजो गित गाएर थप कार्यक्रमको रौनक बढाएको थियो सबैजना दर्शकहरु कम्मर भाची भाची नाचेका थिए बिच बिचमा रुबिन रेग्मी र्यापरले र्याप दिदै रमाइलो दिएको थियो भने डि.जे मा फ्री डान्स गर्दै करिब तीन बजेतिर पुन गायक मित्र मगरले साननानिले झुक्क्यायो मलाई तातो पानी तीन पानी भनेर,सालैजो गित गाएर फेरि छुट्टै माहोल तताउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई नाच्न बाध्य पारेको थियाे।









