दक्षिण कोरियामा फेरि एक नेपालीको सुतेकै अवस्थामा निधन भएको छ ।
खोङ्जुसी खेरङ्म्यन क्षेत्रमा कार्यरत उदयपुर कटारीका दिपक कार्कीको निधन भएको सउल स्थित नेपाली दुतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिनुभएको छ ।

साझ कार्कीसँगै काम गर्ने साथीले बिहान ड्युटी जाने समयमा नउठेपछि बोलाउँन जाँदा उनी मृत भेटिएको बताइएको छ ।
इपिएस मार्फत ६ महिना अघि कोरिया आएका २१ बर्षीय कार्की घरको एक्लो छोरा हुन् भने उनको घरमा आमाबुवा र ४ जना दिदीबहिनी रहेको बताइएको छ ।

कोरियामा नेपालीहरुको मृत्युदर घटाउन भन्दै विभिन्न कार्यक्रम भएपनि त्यस्ता कार्यक्रम खासै प्रभावकारी भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय