वि.सं. २०७५ साल मंसिर ५ गते,बुधबार,इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– त्रयोदशी, १२:५५ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– अश्विनी, १८:२६ बजेउप्रान्त भरणी, योग– व्यतीपात, १६:२१ बजेउप्रान्त वरियान्,करण– तैतिल, १२:५५ बजेदेखि गर, २४:४९ बजेउप्रान्त वणिज,आनन्दादिमा मृत्यु योग, चन्द्रराशि– मेष,सूर्योदय– ६:३० बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ३४ पला। व्रत/पर्व-विष्णु–बैकुण्ठ चतुर्दशी,पाल्पाको दर्लममा महाकाली भगवती रथयात्रा,डोटीमा केदार मेला।

भोलिको- पञ्चाङ्ग वि.सं. २०७५ साल मंसिर ६ गते,बिहीबार,इश्वी सन् २०१८ नोभेम्बर २२ तारिख। शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– चतुर्दशी, १२:३६ बजेउप्रान्त पूर्णिमा,नक्षत्र– भरणी, १८:३७ बजेउप्रान्त कृत्तिका,योग– वरियान्, १४:५१ बजेउप्रान्त परिघ,करण– वणिज, १२:३६ बजेदेखि भद्रा, २४:१६ बजेउप्रान्त वव,आनन्दादिमा पद्म योग, चन्द्रराशि– मेष, २४:३५ बजेउप्रान्त वृष,सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ३१ पला।व्रत /पर्व शिव–बैकुण्ठ चतुर्दशी व्रत,पूर्णिमा व्रत,डोटीमा केदार पूजनोत्सव,भागेश्वर मेला,डोटीको दिपायलमा जाँत,धादिङमा किरान्चोक कालिका भगवती यात्रा।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– विघ्नबाधा आइपर्ने सम्भावना छ,नसा,जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ,अनावश्यक खर्च र ऋणभार समेत बढ्ने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – वैदेशिक यात्रामा असफलता,धनहानि जस्ता समस्या आउन सक्छन्,समस्याबाट मुक्तिका लागि ग्रहको मन्त्रजप,पूजापाठ शान्ति गर्नुपर्दछ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – शिक्षामा बाधा हुने देखिन्छ,घरायसी समस्या बढ्ने,पढाइमा बाधा,काममा अवरोध र आफन्तस“ग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन्,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक असमझदारी जस्ता समस्या आइपर्नेछन्,घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या ल्याउने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – समाजसेवा र परोपकारका कार्य गरिनेछ,आत्मबल बढ्नेछ र चौतर्फी प्रगति गर्न सकिनेछ,बाहिरी यात्रालाई भने यो वर्ष केही कमजोर रहनेछ,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– नराम्रा सपना देखिएला,सञ्चित धन खर्च र कर्जा बढाउने सम्भावना छ,अनुकूल कष्ट,जरिवाना,बदनाम,चिन्ता जस्ता विघ्नबाधा आइपर्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– बेलाबेला विवादमा र यदाकदा अन्यायमा समेत परिनेछ, फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट,जरिवाना,बदनामी,बन्धन जस्ता विघ्नबाधा आइपर्नेछन्,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)– कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ,पढाइलेखाइ अपूर्ण देखिन्छ,अनावश्यक खर्च,कर्जा र चोटपटकका कारक देखिन्छन्,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– उद्योगधन्दा सञ्चालन गर्ने समय आएको छ,सेवामूलक, परोपकारका कार्यहरू सम्पादन हुनेछ,बाहिरी यात्रा र प्रवासमा पनि समय अनुकूल देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ, उच्च महत्वाकांक्षाले काम बिग्रने,धन हानि र परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – धार्मिक–सामाजिक कार्यमा बाधक देखिन्छन्,केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ,आकस्मिक लाभ र सहज भाग्योन्नतिको योग छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)– आरोप,जरिवाना,विघ्नबाधा आइपर्नेछन्,विनाशको स्थानमा उपस्थितिले पेटको रोग र कब्जियत वा मलद्वारसम्बन्धी समस्याले सताउने समय छ,आजको शुभ अंक ३ रहेको छ। दिब्य ज्योति बाट