प्याज निकै सजिलै पाइने खाद्य वस्तु हो । धेरैजसो मानिसहरु यसको तिखो गन्ध र काट्दा आँसु आउने भएकाले यसलाई रुचाउँदैनन् । तर प्याज कपालका लागि निकै लाभदायक मानिन्छ ।

प्याजमा पाइने सल्फरले कपालको जरालाई पोषण दिन्छ जसले कपालको विकासमा मद्दत गर्दछ । त्यसकारण धेरैजसो मानिसहरु कपाललाई लामो बनाउनका लागि प्याजको रस लगाउने गर्दछन् । प्याजमा पाइने एन्टी–ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउँदा कपाल झर्न रोकिने र टाउकोको संक्रमण आदिबाट जोगाउन मद्दत गर्दछ । यो घरेलु उपायले कपाल चम्किलो र बलियो बनाउनका लागि निकै अद्भुत तरिकाले काम गर्दछ । यदि तपाईं पनि आफ्नो कपाललाई स्वस्थ, चम्किलो र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसले बनाएको हेयर प्याकको प्रयोग गर्नुहोस् ।

प्याजको रसः
प्याजको रस निकालेर त्यसलाई आफ्नो टाउकोको छालामा लगाएर २०–३० मिनेटसम्म यत्तिकै छोड्नुहोस् । यो क्रममा आफ्नो टाउकोलाई रुमालले बेर्नुहोस् ता कि कपालको जराले प्याजको रस सोस्न सकोस् । त्यसपछि स्याम्पुले राम्रोसँग नुहाउनुहोस् ।
प्याजसँग बियरः

बीयरले तपाईंको कपाललाई प्राकृतिक रुपमा चम्किलो बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउँदा कपाल निकै चाँडै बढ्नुका साथै चम्किलो पनि हुन्छ । कपाललाई बढाउनका लागि यो उपायलाई एक हप्तामा दुई पटक प्रयोग गर्नुहोला ।

प्याज र नरिवलको तेलः
तेलसँगै प्याजको रसलाई मिसाएर लगाउँदा कपाल राम्रोसँग बढ्छ र कपालले पर्याप्त पोषण पनि पाउँछ । प्याजको रसलाई तेलसँग मिसाएर टाउकोमा मसाज गर्नुहोस् । त्यसपछि रुमाललाई मनतातो पानीमा डुबाउनुहोस्, मज्जाले निचोर्नुहोस् र कपाललाई बेर्नुहोस् ।

प्याजको रससँग महः
कपालको विकासका लागि यो निकै प्रभावकारी उपाय हो । यो प्याकलाई बनाउनका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिसाउनुहोस् । यो पेष्टलाई टाउकोको त्यो भागमा लगाउनुहोस् जहाँ कम कपाल छन् ।

प्याजसँग कागतीः
कागती र प्याजको रसको प्रयोगले कपाल बढ्न सहयोग गर्दछ । कागतीको रसले टाउकोको छाला सफा गर्नुका साथै कपाल झर्न पनि कम गराउँछ ।

प्याजको रस र रमः
कपालको विकासका लागि प्याजको रसको प्रयोग सबैभन्दा सजिलो तरिका हो । यसका लागि तपाईंले कोरेसोमा कोरेर राखेको प्याजलाई एक गिलास रममा रातभरी भिजाएर राख्नुपर्ने हुन्छ । बिहान यसको मिश्रण छानेर तपाईंले टाउको मसाज गनुपर्ने हुन्छ । यसो गर्दा तपाईंको कपाल बलियो हुन्छ र चाँडै बढ्न पनि सहयोग पुर्याउँछ ।

प्याज र अण्डाको सेतो भागः
अण्डा कपालको लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा त थाहा नै होला । लामो कपालको चाहना राख्नेहरुका लागि प्याज र अण्डाले बनेको हेयर प्याक निकै लाभकारी मानिन्छ । यो प्याकलाई बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् । त्यसपछि यो प्याकलाई २० देखि ३० मिनेट आफ्नो भिजेको कपालमा लगाएर स्याम्पू लगाउनुहोस्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah