दमक/नेपालमा नै पहिलो पटक उज्यालो बाल क्लवको आयोजनामा हुन लागेको राष्ट्रिय बालमहोत्सवलाई सफल बनाउनका लागि झापा र मोरङका जिल्ला शिक्षा कार्यालयहरुले जिल्लाका सबै बिद्यालयहरुलाई महोत्सवमा सहभागि गराउन आग्रह गरेकाछन् । प्याप्सन जिल्ला कार्यालय झापाले पनि जिल्लाका सबै नीजि बिद्यालयहरुलाई महोत्सव सफल बनाउन सहयोग गर्नका लागि आग्रह गरेको छ । माघ २५ गतेदेखि २९ गतेसम्म लखनपुरको आदिबासी रंगशालामा सञ्चालन हुने महोत्सवलाई सफल बनाउनका लागि जिल्ला शिक्षा कार्यालय झापाले सरोकारवालासबै संग छलफल गराएको र उल्लेख्य सहभागिता रहने झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले बताए । उनले सबै सरकारी तथा नीजि बिद्यालयहरुलाई आफ्ना बिद्यार्थीहरु महोत्सवमा सहभागि गराउने ब्यवस्था मिलाउन आग्रह पनि गरे । उनले भने–‘नेपालमा नै पहिलो पटक हुन लागेको यो बालमहोत्सव प्रयोगात्मक सिकाइमा एउटा रामो कार्यक्रमको रुपमा हामीले लिएका छौ र सबैलाइ सहभागिताका लागि अनुरोध छ ।’ यसैगरि मोरङका जिल्ला शिक्षा अधिकारी देबेन्द्रराज खनालले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमणको नाममा बिभिन्न ठाँउमा लगिने गरेको जनाउदै जिल्लाका सबै बिद्यालयहरुलाई एक पटक महोत्सवमा सहभागिता जनाउनका लागि अनुरोध गरिने बताए । उनले बालबालिकाको प्रतिभादेखि लिएर बिज्ञान प्रदर्शनी लगायत बालबालिकालागि उत्साह थप्नका लागि बिभिन्न बालमैत्री कार्यक्रमहरु आयोजना हुने यस महोत्सवलाई आफ्नै कार्यक्रमको रुपमा लिइने प्रतिबद्धता जनाए । प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले झापाका नीजि बिद्यालयहरुमा एकलाभन्दा बढि बिद्यार्थीहरु रहेको जनाउदै धेरैलाइ सहभागिताका लागि अनुरोध गरिसकिएको बताएकाछन् । उनले यस्तो कार्यक्रम बिरलैमात्र हुने भएकाले यो बिद्यार्थीहरुका लागि अवसर भएको जनाए । प्याप्सन झापाले यो कार्यक्रमलाई आफ्नो कार्यक्रमको रुपमा लिएकाले धेरैभन्दा धेरै बिद्यार्थी सहभागि गराउने लक्ष्य रहेको जानकारी दिए । उनले नीजि बिद्यालयहरुलाई बिद्यार्थीहरुलाई महोत्सवमा सहभागि गराउन पनि आग्रह गरे । महोत्सव मूल आयोजक समितिका सयोजक सन्तोष भण्डारीले महोत्सव बालबालिकाका लागि एउटा खुला बिश्व बिद्यालयको रुपमा बिद्यार्थीहरुले पाउने बताएकाछन् । बालबालिका तथा बिद्यार्थीहरुलाई लक्षित गरेर नेपालमा नै पहिलो पटक लगाउन लागिएको यो महोत्सवले बालप्रतिभाहरुको खोजि गर्नुको साथै बिज्ञानका चमत्कारिक अध्ययनको अवसर मिल्नेछ । महोत्सवको तयारी तिब्र रुपमा भइरहेको समेत भण्डारीले जानकारी दिए ।
सबै बिद्यालयका बिद्यार्थी बालमहोत्सवमा सहभागि गराइने
सवाल नेपालसंवाददाताबिहीबार, १८ माघ २०७३

सबै बिद्यालयका बिद्यार्थी बालमहोत्सवमा सहभागि गराइने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



