बिष्णुप्रसाद पोखरेल
दमक/नारा नै नाराले भरिएको नीति तथा कार्यक्रम ल्याएको भनेर आलोचना भएको हल्दीबारी गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतले एक मुखले आफुहरुले ल्याएका योजनाहरु पुरा गर्ने प्रतिबद्धता जनाएकाछन ।
बिहिबार सञ्चारकर्मीहरुको टोली हल्दिवारी पुगेर पहिलो र दोस्रो गाँउसभाले ल्याएका कार्यक्रमहरुको कार्यन्वयनको पक्षमा भएको साक्षत्कार सहितको अवलोकनको क्रममा अध्यक्ष रबिन्द्र लिङ्देन, उपाध्यक्ष डम्बर गिरी र कार्यकारी अधिकृत सन्तोस घिमिरेले यस्तो प्रतिबद्धता जनाए ।
अध्यक्ष लिङ्देनले भने, हामीले नसक्ने काम ल्याएका छैनौ तर कार्यन्वयन गर्न चुनौती भने अवश्य पनि छ । उनले हल्दिवारीका महिला बिकासमा पहिला, घुम्ति शिक्षक तथा प्रशिक्षक नियुक्ति, स्वास्थ्य चौकीमा गर्भवती सेवा, ल्याव सेवा जस्ता कार्यक्रमहरु शुरु भइसकेको भन्दै यसले राम्रो सन्देश दिएको बताए ।
उपाध्यक्ष गिरीले थपे, दाबीका साथ भन्छौ हामीले जे ल्याएका छौ त्यो पुरा गर्ने गरी ल्याएका छौ र पुरा गर्छौ । उनले केहि केन्द्र तथा प्रदेश सरकारको समन्वयमा गर्ने खालका रहेकाले त्यो समेत अघि बढ्ने जनाए । उनले आफुहरु रात बिहान नभनी खटेकाले नतिजा आउन थालेको भन्दै आएर हेरेर बुझेर मात्र बोलेमा राम्रो हुने जनाए ।
हामीले काम गरेका छौ तर देखेर पनि नदेखेको जस्तो गर्दा त केहि लाग्दैन, उनले भने । काठका पुल पुर्ण रुपमा बिस्थापीत गराउने कार्यक्रम अनुसार आधा जति काठको पुल हटिसकेको र बाँकीको पनि अब काम हुने उनले बताए ।
हामीले काम धेरै गरेका छौ तर बाहिर आएको छैन, उनले थपे । गाँउपालिकाका कार्यकारी अधिकृत सन्तोस घिमिरेले पनि आफुहरुको खटाइको बिषयमा खुलेर बताए । हामी रातभर नसुति भएर पनि खटेर, सोचबिचार गरेर नै कार्यक्रम ल्याएका छौ, उनले भने । अधिकाँश योजना तथा कार्यक्रमहरु पुरा हुने खालको रहेको भन्दै धेरै अघि बढिसकेको उनको भनाइ थियो ।
हामीले कार्यक्रममात्र ल्याएका छैनौ, कार्यक्रम सञ्चालनका लागि आवश्यक नीति नियम, ऐन र कार्यबिधि पनि ल्याएका छौ, घिमिरेले भने । उनले सरकार भएको अनुभुत गराउने गरी काम भएको बताए । साक्षत्कारमा थुप्रै नयाँ कामहरुको थालनी भएको सार्वजनिक भयो । गरिब जनताको उपचारका लागि जनता उपचार कोष, अत्यन्त न्यून तलबमा काम गर्न बाध्य भएका कर्मचारीहरुलाइ कुनै न कुनै रुपमा सहयोग गरेको पनि उनिहरुले बताए ।
कोष बनाउनेमात्र नभएर उक्त कोषमा रकम समेत हालेको पाईएको छ । जुन बजेट तथा कार्यक्रममा नै उल्लेख छ । मोवायल रुपमा सञ्चालन हुने गरी योग शिक्षक, कराते र कवडि प्रशिक्षकहरु समेत राखेको देखियो । झापाको हल्दीबारी गाउँपालिकाको सीमाना भद्रपुर नगरपालिकासँग जोडिएको छ । यसको दक्षिणतिर भने केचनाकवल गाउँपालिका पर्दछ ।
हल्दीवारी गाँउपालिकाले ल्याएका केहि महत्वपुर्ण कार्यक्रम
‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ भन्ने भिजन तय गरेको छ । ‘किसानको खुशी, पशुपालन र कृषि’ भन्ने कार्यक्रम संचालन गरि प्रत्येक वडामा कृषि र पशु उत्पान पकेट क्षेत्र तोकिएको, आगामी ३ वर्षभित्र झापा जिल्लालाई माछा उत्पादनमा आत्मनिर्भर गराउने गरि ‘हल्दीबारीको बाचा, झापाभरी माछा’ भन्ने कार्यक्रम सञ्चाल गर्न कार्यबिधि तयार भएको पाईएको छ ।
कृषि र महिला विकासबीच अन्तर सम्बन्ध स्थापित गर्न ‘हल्दिबारीका महिला, विकासमा पहिला’ अभियानको तय गरि महिलाहरुको नेतृत्व विकास गर्ने थलोको रुपमा महिलाहरु मात्रको प्रतिनिधित्व हुने गरि २७ स्थानमा टोल विकास संस्था गठन गरी र सोही संस्था मार्फत ‘किसानको खुशी, पशुपालन र कृषि कार्यक्रम’ संचालन गर्न शुरु गरिएको पाईएको छ ।
‘पर्यटन मार्फत समृद्धि प्राप्तिका लागि फेरि पनि घुम्न जाउँ, हल्दीबारी गाउँ’ अभियानको थालनीका लागि चारकोशे झाडीमा ५० फुट फराकिलो सडकको ट्याक खन्ने काम सकिएको पाईएको छ ।
दातृ निकाय समेतको सहकार्य तथा साझेदारीमा यस क्षेत्र भित्रको जलथल जङ्गललाई प्राकृतिक चिडियाखानाको रुपमा स्थापित गर्ने र जङ्गल मथिबाट नै बन्यजन्तुहरुको अवलोकन गर्न सक्ने गरि केवलकारको संचालन गर्ने र जङ्गल र आवादिको सिमानामा विस्तार गरिएको पर्यटकीय सडक आसपास स्थानीय लोपोन्मुख मेचे जाती, सन्थाल जाती, राजबन्शी जाती लगायत अन्य जातजातिको भेषभुषा, रहनसहन र संस्कृती समेतको प्रवद्र्धन हुने गरि एकै नासका भुकम्प प्रतिरोधात्मक घर समेतको निर्माण गरि ‘सास्कृतिक तथा प्राकृतिक पर्यटन’लाई अघि बढाउने तयारी गरेको पाइएको छ ।



