दक्षिण कोरियामा यो वर्षको जाडो आजदेखी शुरु भएको छ। आजबाट कोरियाको राजधानी सउल लगायत देशका विभिन्न क्षेत्रमा भारी हिमपात भएसँगै तापक्रम ऋणात्मक तिर पुगेको छ। मौसम पूर्वानुमान अनुसार कोरियाको तापक्रम यो हप्तै भरि माइनसमा जाने देखिन्छ।

अत्यधिक हिउँवर्षाको कारण सडकहरु सेताम्मे देखिएका छन् भने सवारी साधन आवतजावत तथा मानिसहरुलाई हिँडडुल गर्न समस्या देखिएको छ। कोरियामा यहाँको तापक्रम गर्मीमा अत्यधिक गर्मी अर्थात करिब ३९° सेल्सियस सम्म पुग्ने गर्दछ भने जाडोमा अत्याधिक चिसो हुने गर्दछ। हालसम्मको रेकर्ड अनुसार जाडोमा यहाँको तापक्रम -२१° सेल्सियस सम्म पुग्छ भने अनुभव गरिने तापक्रम त करिब -२९° सेल्सियसम्म पुग्ने गरेको तथ्यांकले देखाउँछ।

कोरियामा आज यो वर्षकै पहिलो हिँउवर्षा भएकाले एकाबिहानै बाटो, पार्क तथा घरका छत-छतमा हिँउवर्षालाई आफ्नो मोवाइल तथा क्यामेरामा कैद गर्न मानिसहरु निकै व्यस्त देखिन्थे।
Hellonepalkorea बाट









